विधि प्रक्रियाबाटै नगरको केन्द्र र जग्गा खरिदको निर्णय गरिएकाे हाे : धुनिवेशी नगरपालिका (विज्ञप्तीसहित)

Share it with you friends

असार ३१,धादिङ । पछिल्लो केही समययता धुनिवेशी नगरपालिकाको केन्द्र रहने स्थान र जग्गा खरिद सम्वन्धी विषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण भएके भन्दै धुनिवेशी नगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न समयमा नगरपालिकाका नागरिक,जनप्रतिनिधी,सरोकारवालासंग बसेर नगरपालिकाको केन्द्रको निर्णय भएकोे विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा भनिएको छ–

“साविक जिल्ला विकास समितिको कार्यालय धादिङवाट तत्कालिन जिल्लाका माननिय सांसदज्युहरु, राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरु सहितको उपस्थितिमा ‘‘स्थानिय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति’’को मिति २०७३।०७।२२ को सिफारिस अनुसार २०७३।११।२७ मा धुनिवेशी नगरपालिका घोषणा भई धुनिवेशी नगरपालिका वडा नम्वर ९ (साविक नौविसे गा.वि.स. वडा नं. ४) को जुगेडी भन्ने स्थानमा नगरपालिकाको केन्द्र कायम भएकोे थियो । मिति २०७५ असारमा बसेको नगर सभाले नगर केन्द्र तोकिएको स्थानको आसपासमा निःशुल्क जग्गा प्राप्तिको लागि पहल गर्ने र सो नभएमा लिज वा खरिद प्रक्रियावाट जग्गा प्राप्त गर्ने निर्णय भएकोमा उक्त स्थानमा नगरपालिकाको केन्द्र कायम भएपछी नगरपालिकाले आफ्नै स्वामित्वमा जग्गा प्राप्ति ऐन २०३४ बमोजिम जग्गा प्राप्त गरी भवन निर्माणको प्रक्रिया अगाडी बढाएको हो । जग्गा खरिद÷प्राप्ति गर्नुभन्दा पहिला नगरपालिकाले मिति २०७५।०४।३१ मा निशुल्क रुपमा जग्गा प्राप्तिका लागि १५ दिने सूचना समेत प्रकाशित गरी उक्त सूचना धुनिवेशी नगरपालिका र यस अन्तर्गतका सवै वडा कार्यलयको सूचना पाटी, जिल्ला समन्वय समितिको कार्यालय धादिङ, जिल्ला प्रशासन कार्यालय धादिङ, कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङ, मालपोत कार्यालय धादिङ, नापी कार्यालय धादिङको सूचना पार्टीमा समेत सूचना टाँस गरिएकोमा उक्त म्याद भित्र कोहि कसैको प्रस्ताव दर्ता नभएकोले जग्गा प्राप्ति ऐन २०३४ को दफा ३ (क) बमोजिम जग्गा प्राप्ति÷खरिद प्रक्रियाको लागि संघिय मन्त्रिपरिषदको मिति २०७६।०३।२४ को निर्णयबाट अनुमती प्राप्त भएको सबैमा जानकारी गराउँदछौँ ।
मिति २०७६।०५।१५ मा साविक नौविसे ४÷ग कित्ता नं. ९५० र ८६ मध्येबाट ८ रोपनी जग्गा नगरकार्यपालिकाको भवन निमार्ण प्रयोजनको लागि Gap Nepal Pvt. Ltd. / C.G. Printing & packaging Pvt.Ltd.ले नगरपालिकामा प्रस्ताव पेश गरेको थियो । उक्त जग्गा मध्ये नगरपालिकाको लागि आवश्यक ८–०–०–० रोपनी जग्गा “जग्गा प्राप्ति ऐन २०३४” बमोजिम अधिग्रहणको प्रक्रिया अगाडी बढाइ २०७६।०७।०७ र २०७६।०७।१० मा हकदाबी सम्वन्धी सार्वजानिक सूचना जिल्ला प्रशासन कार्यालय धादिङ मार्फत गोरखापत्रमा प्रकाशन गरिएको थियो । जग्गा प्राप्ति ऐन २०३४ बमोजिम जग्गा अधिग्रहणको लागी गठित समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी श्री आस्मान तामाङको अध्यक्षतामा मिति २०७६।०८।१७ गते जिल्ला प्रशासन कार्यालय धादिङमा बसेको जग्गा अधिग्रहण तथा मुअब्जा निर्धारण समितिको निर्णय अनुसार प्रति रोपनी २० लाख ६० हजारको दरले मुआव्जा निर्धारण भर्ई नगरपालिकाको नाममा जग्गा प्राप्ति गर्ने निर्णय अनुसार साविक नौविसे गा.वि.स. वडा नं.४/ग कित्ता नम्वर १२४९ क्षेत्रफल ५–०–०–० र कि. न. १२५२ को ३–०–०–० क्षेत्रफल जग्गा नगरपालिकाको नाममा अधिग्रहणको प्रक्रियाबाट श्रेस्ता पुर्जा कायम हुन आएको सबैमा जानकारीको लागि अनुरोध गरिन्छ ।
कुनै एक सञ्चार माध्ययमको परिचय पत्रको आधारमा निजी प्रयोगको लागि कपोलकल्पित र भ्रामक विषयवस्तुहरु तयार पारी सामाजिक सञ्जालमा प्रचार गर्ने र सूचना विभागमा समेत दर्ता नभएको अनलाइनमा प्रकाशन, प्रशारण गर्ने कार्य गैरकानुनी कार्य हो । गैरकानुनी रुपमा अनलाइनहरु संचालन गरी नगरपालिका र नगरपालिका प्रमुख लगायतको चरित्रहत्याको प्रयास गरीनु आफैमा गलत कार्य हो । यस्ता गलत कार्यको बिरुद्ध नगरपालिका कानुनी कारबाहीको लागि समेत तयार रहेको जानकारी गराउँछौ ।
अन्त्यमा यस्ता गलत र भ्रमपूर्ण सूचनाहरु सम्प्रेषण गरी भ्रम पैदा गर्ने कोशिस भैरहेकोले यस्ता भ्रमको पछाडी नलागी विकास निर्माणको कार्यमा हातेमालो गरी एकजुट हुन सम्पुर्ण नगरवासीहरुमा हार्दिक अपिल गर्दछौँ ।”

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते