धुनिवेशी नगरका मेयरमाथी अभद्र व्यावहार भएको भन्दै नेकपा धुनिवेशी नगर कमिटीको आपत्ती (बिज्ञप्ती सहित)
धुनिवेशी नगरपालिकाको केन्द्र निर्धारण र जग्गा खरिदमा विवाद भएको भन्दै नगरपालिकाको हातामा नगर प्रमुखलाई अभद्र व्यावहार गरिएकोप्रति नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीले गम्भिर आपत्ती जनाएको छ ।
नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीका अध्यक्ष रामराजा पाण्डेर र सचिव राजकुमार पाठकद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, मिडियाकर्मी हु भन्ने व्यक्तीद्धारा नै मेयर माथी अभद्र व्यावहार गरिएको भन्दै त्यस्तो व्यावहारको नेकपा धुनिवेशी नगर संगठन कमिटी निन्दा र भत्र्सना गर्दछ ।
नगरपालिका केन्द्को विषयमा राज्य पुनःसरंचनाकै समयमा जिल्ला स्थित सर्वदलिय समितिको निर्णय बमोजिम जुगेडी कायम रहेको हो ।
नेपाल सरकारद्धारा गठित राज्य पुनःसंरचना आयोगको सिफारिसमा नेपाल सरकारको निर्णय अनुसार धुनिवेशी नगरपालिकाको केन्द्र वडा नम्वर ९ जुगेडी नै रहेको नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर संगठन कमिटीले जनाएको छ ।

