Breaking Newsराष्ट्रिय समाचारस्थानीय

धादिङमा पहिरोमा परेर एउटै परिवारका तीन जनाको मृत्यु

Share it with you friends

धादिङ जिल्लाकाे त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्वर ६ आगिञ्चोकमामा  पहिरोमा पुरिएर  एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, आगिञ्चोकका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेका छन् ।

मध्यराति आएको पहिरोले घर पुरिएर तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी रुपक खड्काले जानकारी दिनुभयाे ।

सोमबार मात्रै गजुरी गाउँपालिकाकी १७ वर्षीय निरुता परिवारको पहिरोमा परि मृत्यु भएको थियो  ।

धादिङ जिल्लामा पहिराेकाे कारण यातायात समेत पूर्ण रूपमा ठप्प रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *