दशैंअघि आउँछ त काठमाडौंमा मेलम्चीको पानी ?

Share it with you friends

काठमाडौं । उपत्यकावासीले बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी दसैँअघि पिउन पाउने भएका छन् । सुरुङ खन्ने काम वैशाख पहिलो हप्ताभित्र पूरा हुने र दसैँअघि पानी वितरण गरिने आयोजनाको लक्ष्य छ । नयाँ पत्रिकामा खबर छ ।

‘वैशाख पहिलो हप्ताभित्र सुरुङ खन्ने काम पूरा हुन्छ,’ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले भने, ‘राजधानीवासीले दसैँअघि नै मेलम्चीको पानी प्रयोग गर्न पाउनेछन् ।’ एक सय २१ मिटर सुरुङ खन्न बाँकी रहेको देवकोटाले बताए ।

‘अहिले दैनिक ६ मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ,’ देवकोटाले नयाँ पत्रिकासँग भने, ‘यही गतिमा काम हुँदा २५ दिनसम्म सुरुङ खनिसक्छौँ ।’ मेलम्चीको दुवैतिरबाट सुरुङ खन्ने काम भइरहेको छ ।

खानेपानीमन्त्री विना मगरले मेलम्ची अयोजनाको काम छिटो सक्न निर्देशन दिइसकेकी छिन् । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत दैनिक १७ करोड लिटर पानी उपत्यका भित्रिन्छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते