महादेवस्थान मा विमा आधारभूत कम्प्युटर तालिम
धुनिबेशी : धुनिवेशी नगरपालिका वडा नं ५ मा रहेको महादेवस्थान माध्यमिक विद्यालयले नगरपालिका भित्र सञ्चालनमा रहेका २० वटा आधारभूत सामुदायिक विद्यालयका शिक्षक शिक्षिकालाई लक्षित गरेर कम्प्युटरको आधारभूत सिप सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
रोटरी क्लव अफ गोँगवु काठमाडौंसँग सहकार्य गरेर धुनिवशी नगरपालिकाको अनुमतिमा उक्त ३ दिने कार्यशाला सञ्चालन गरिएको तालिमका संयोजक महादेवस्थान मा.विका प्रधानाध्यापक केशवप्रसाद रूपाखेतीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिका भित्र प्रारम्भिक बालविकास र सिकाइ कक्षा देखी कक्षा ८ सम्म सञ्चालनमा रहेका २० सामुदायिक विद्यालयका २३ जना शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
सार्वजनिक विदाको दिन पारी सञ्चालन गरिएको उक्त तालिममा सहभागिहरुले Office word, xl, Power point लगाएत आवश्यक अन्य सिपहरु सिक्नु भएको कुरा प्रशिक्षक विष्णुप्रसाद आचार्यले बताउनुभएको छ ।
समापन कार्यक्रममा बोल्दै नगरप्रमुख बालकृष्ण आचार्यले शिक्षकहरुको सिक्ने सिकाउने यो कार्यलाई नगरपालिकाले हरतरहले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । सामुदायिक विद्यालयबीच सहकार्य, एकता र सद्भाव बढाउनुका साथै आपसी समस्यालाई सँगै बसेर समाधान गर्न सकिने सन्देश यस तालिमले दिएको कुरा तालिमको समापन कार्यक्रममा संयोजक प्रधानाध्यापक रूपाखेतीले बताउनु भयो। आगामी दिनमा पनि हाम्रा साझा समस्यालाई हामीले नै समाधान गर्न प्रयत्नशिल रहने उहाँले बताउनु भयो ।
तालिमको लागि प्राविधिक सहयोग उपलब्ध गराइरहेको सहयोगी सँस्था रोटरी क्लव अफ गोँगवु काठमाडौंका प्रेसिडेण्ट राजाराम फूयालले शिक्षा र स्वास्थयको क्षेत्रमा यस नगरभित्र अन्य धेरै कार्यक्रमहरु सञ्चालन गर्न लागेको बताउनुभयो । उक्त सँस्थाले माहदेवस्थान मा.वि.मा २१ वटा कम्प्युटर सहयोग गर्ने कार्यक्रम रहेको छ
