एमाले र माओवादी केन्द्रबीच वैशाख ९ गते एकता हुनेमा अन्यौल, ‘सूर्य’ चिह्नमा समझदारी

काठमाडौँ, ४ वैशाख । नेकपा एमाले र माओवादी केन्द्रबीच निर्वाचन चिह्न ‘सूर्य’ राख्ने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यो समझदारी गरेको हो । मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्षलाई जिम्मेवारी दिईएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने

Read more

देशका धेरै ठाउँमा वर्षा, राती पनि पानी पर्न सक्ने

काठमाडौं, ४ बैशाख । देशका धेरै ठाउँमा मंगलबार ठूलो वर्षा भएको छ । स्थानीय वायूसँगै पश्चिमी वायू र पूर्वी वायू सक्रिय हुँदा देशका धेरै ठाउँमा मौसम बद्ली भई पानी परेको मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार देशका धेरै ठाउँमा साँझ पनि वर्षा भइरहेको छ र मंगलबार राति पनि पानी पर्ने सम्भावना छ । मंगलबार

Read more

रातो मच्छिन्द्रनाथको रथ बनाउने काम अन्तिम चरणमा (फोटो फिचर)

काठमाडौं, ४ वैशाख । रातो मच्छिन्द्रनाथको रथ बनाउने काम अन्तिम चरणमा पुगेको छ । यवाल गुथियारहरुले रथमा बेतले बाध्ने काम गरेका छन् । मूर्तिलाई रथारोहण गर्नु अघि सुनका फूल, झयाल, कौसी, धमा जडान गरिने रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताउनुभयो । चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो

Read more

पुष्प मेलामा ६२ लाखको कारोबार, फूलमा बढ्यो आकर्षण

काठमाडौं,३ बैशाख । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना भएको २१औं फ्लोरा एक्स्पोमा ६२ लाख रुपैयाँको कारोबार भएको छ । काठमाडौंको भृकुटिमण्डपमा भएको एक्स्पोमा ६० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेका पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । गएको

Read more

परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा के –के छलफल हुने ?

काठमाडौँ, ३ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ । सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उहाँले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र

Read more

धन्न दुर्घटनाबाट जोगियो समिट एयरको विमान

सोलुखुम्बु, ३ वैशाख । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । बिहान साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल छुटेको नाइन एनएएमएच कल साइनको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा

Read more

स्नातका‍ेत्तर तहको परीक्षा फारम भर्न बिर्सनु भयो की !

काठमाडौँ, २ वैशाख । त्रि वि व्यवस्थापन संकाय अन्तरगत संचालित स्नातकाेत्तर तहको परीक्षा बैशाख तेस्रो हप्तादेखि सञ्चालन हुने भएको छ । तेस्रो हप्तादेखि हुने परीक्षाका लागि आवेदन खुला गरेको त्रिभूवन विश्वविद्यालयले जनाएको छ । नियमित परीक्षामा सम्मिलित हुने विद्यार्थीले आउँदो १४ गते भित्र सम्बन्धित क्याम्पस र विभागमा बुझाउन त्रिविले आग्रह गरेको छ । परीक्षा फारम

Read more

नयाँ वर्षमा झुम्यो भक्तपुर (फोटो फिचर)

भक्तपुर । नयाँ वर्षमा हिजो भक्तपुरमा विशेष सांगितिक कार्याक्रम भयो । भक्तपुरको तौमडीमा भएको कार्याक्रममा भक्तपुरका कलाकारसहित स्थानीबासिन्दाको साथ रहेको थियो । कार्याक्रममा अजर जंगम, कपिल कसपल, मानस राज, प्रविन शाही , रोशन धौभडेल, सत्य नारायण मानन्धर, बिजय कायस्थ ,सानु मैया धौभडेल, अधि श्री कसपाल, सर्बश्री कसपाल, सृजल मढिकर्मी, सुमन रन्जितकार, सम्भो राज भण्डारी लगायत

Read more

नायव सुब्बा घुससहित पक्राउ

भक्तपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरस्थित भूमिसुधार कार्यालय ब्यासीका नायव सुब्बा (नासु)लाई घुससहित पक्राउ गरेका छ । सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा ब्यासीका नायव सुब्बा कमल भुजेल परेका हुन् । भुजेलले भक्तपुरको चाँगुनारायण ८ स्थित रहेको जग्गाको मोही कायम गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको टोलीले १०

Read more

नयाँ वर्षमा शैलुङ घुम्न पुगेका दुई जनाको दुर्घटनामा मृत्यु

चरीकोट, २ वैशाख । नयाँ वर्षका अवसरमा शैलुङ घुम्न आएका दुई जनाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । दोलखाको तामाकोशी गाउँपालिका वडा नं १ मा तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक रामेछाप, मन्थलीनगरपालिका–१ का १८ वर्षीय सागर श्रेष्ठ र मोटरसाइकलमा सवार सिन्धुपाल्चोक, साँगाचोकगढी नगरपालिका–४ का २५ वर्षीय राजकुमार मोक्तानको मृत्यु भएको हो ।

Read more