कर्मचारीको तलब २ हजारले वृद्धि

१५ जेष्ठ २०७८, शनिबार । सरकारले कर्मचारीको तलब बढाएको छ । शनिबार भएको आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २ हजार वृद्धि गरेको जानकारी दिनुभयो । उहाँले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो । यो तलब आगामी साउन १ गतेबाट लागू हुनेछ ।

Read more

धादिङमा आज एकैदिन १२८ कोरोना संक्रमित डिस्चार्ज, थप १८४ जनामा संक्रमण पुष्टि

१५ जेष्ठ २०७८, शनिबार । धादिङका थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको निलकण्ठका ७८, धुनिबेसिका ५, गजुरीका ४, बेनिघाटका २७, त्रिपुरासुन्दरीका १६, गंगाजमुनाका ९, नेत्रवातीका ३६, सिद्धलेकका ६, रुवीभ्यालीका ३ जना गरी जिल्लाभित्र १८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लामा सक्रिय केश

Read more

कृषि क्षेत्रका लागि ४५ अर्ब ९ करोड बजेट विनियोजन

१५ जेष्ठ २०७८, शनिबार । सरकारले कृषि क्षेत्रको बजेट वृद्धि गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले कृषिमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ । सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान

Read more

विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार ऋण, एउटा सिम कार्ड सित्तैमा दिने घोषणा

१५ जेष्ठ २०७८, शनिबार ।  अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताउनुभएको छ ।  बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ । यस्तै १६ बर्ष भन्दा माथिका विद्यार्थीलाई एकथान सिमकार्ड निःशुल्क उपलब्ध गराइने

Read more

निषेधाज्ञामा २० युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

१५ जेष्ठ २०७८, शनिबार । सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शत प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै, मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ । बजेट भाषण वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले निषेधाज्ञा

Read more

सामाजिक सुरक्षा भत्तामा वृद्धि, वृद्धभत्ता ४ हजार पुग्यो

१५ जेष्ठ २०७८, शनिबार । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेटबाट सरकारले भत्ता बढाएको हो । सरकारले ७० वर्ष माथिका नागरिकले पाउने भत्ता ३ हजारबाट ४ हजार पुर्याएको शनिबार सिंहदरबारबाट बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । सबै प्रकारका भत्तामा ३३ प्रतिशतले बढाइएको छ ।

Read more

मन्त्रिपरिषद्को बैठकबाट राष्ट्रपति समक्ष बजेट अध्यादेश सिफारिस

१५ जेष्ठ २०७८, शनिबार मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बजेट अध्यादेश सिफारिस गरेको छ । शनिबार मध्यान्ह बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेश स्वीकृतको सिफारिस गरेको कानुनमन्त्री लिलानाथ श्रेष्ठले बताउनुभयो । राष्ट्रपतिले प्रमाणीकरण गरिसकेपछि शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने तयारी छ । प्रतिनिधिसभा विघटनपछि अध्यादेश मार्फत् सरकारले बजेट सार्वजनिक

Read more

धादिङमा जेठ २२ गतेसम्म निषेधाज्ञा लम्बियो (निर्णयसहित)

१४ जेष्ठ २०७८, शुक्रबार । धादिङमा जेठ २२ गतेसम्म निषेधाज्ञा थपिएको छ । शुक्रबार बसेको कोभिड व्यवस्थापन समिति (म्ऋऋःऋ) को बैठकले जेठ २२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो। गत बैशाख २१ बाट सुरु भएको निषेधाज्ञा भोलि राति १२ बजे सकिँदै छ । बैठकले निषेधाज्ञा अवधीभर सुर्ती, चुरोट र मदिराजन्य उत्पादनहरु

Read more

निशुल्क मनोसामाजिक परामर्श सेवा प्रवाह गर्दै धादिङको नीलकण्ठ नगरपालिका

१४ जेष्ठ २०७८, शुक्रबार । धादिङको नीलकण्ठ नगरपालिकाले कोरोना भाईरस संक्रमित भएर होम आईसोलेसनमा बसेकाहरुलाई निशुल्क मनोसामाजिक परामर्श सेवा सन्चालन गरेको छ । कोरोना भाईरस संक्रमित भएर घरमै बसेकाहरुलाई मानशिक स्वास्थ्यमा समस्या हुने भन्दै टेलिफोनबाट निशुल्क मनोपरामर्श सेवा सन्चालन गरिएको नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगानाले जानकारी दिनुभयो। विपत्तीको समयमा नगरबासीहरुले डर, चिन्ता र पीरको

Read more

शुक्रबार धादिङमा ८९ जनामा कोरोना संक्रमण पुष्टि, ३५ जना डिस्चार्ज

१४ जेष्ठ २०७८, शुक्रबार पछिल्लो २४ घण्टाको अवधिमा धादिङमा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५ जना संक्रमण मुक्त भएका छन् । आज संक्रमित हुनेमा निलकण्ठमा २५, धुनिबेसिमा २३, गजुरीमा १, त्रिपुरासुन्दरीमा ५, गंगाजमुनामा ६, नेत्रवाति डवजोङमा १०, थाक्रेमा १, खानियाबासमा १, सिद्धलेकमा १ र जिल्ला बाहिर १६ गरी ८९ जना रहेका छन्

Read more