एमाले माओवादी एकताः निर्णायक वार्ता आज

काठमाडौँ, ४ वैशाख ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्र्बीच पार्टी एकताबारे मंगलबार निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ । एमाले अध्यष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुवैले मंगलबार केन्द्रीय एकता संयोजन समितिमा निर्णायक वार्ता हुने बताएका छन् । वार्तामा

Read more

रातभर हावाहुरी र मेघगर्जन, विहानै झरी

काठमाडौं, ४ वैशाख । काठमाडौंमा रातभर चलेको हावाहुरी पछि विहानै झरी परेको छ । राति ठूलो हावाहुरी चलेपनि पानी पर्न सकेको थिएन । तर विहान सबेरै धेरै ठाउँमा झरी परेको मौसमविद्ले बताएका छन् । मौसमविद् सुवास रिमालका अनुसार काठमाडौं उपत्यकासहित पूर्वमा मेघगर्जन सहित वर्षा भइरहेको छ । भारतको विहार आसपासमा बनेको न्यून चापिय क्षेत्र तथा

Read more

कांग्रेसले बोलायो केन्द्रीय समितीको बैठक, पदाधिकारी समेत चयन गर्ने

काठमाडौँ, ४ वैशाख । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक वैशाख ७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । विसं २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ७ गते डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको केन्द्रीय समितीको बैठक चलिरहेको समयमा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण केन्द्रीय कार्यसमितिको बैठक

Read more

पुष्प मेलामा ६२ लाखको कारोबार, फूलमा बढ्यो आकर्षण

काठमाडौं,३ बैशाख । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ आयोजना भएको २१औं फ्लोरा एक्स्पोमा ६२ लाख रुपैयाँको कारोबार भएको छ । काठमाडौंको भृकुटिमण्डपमा भएको एक्स्पोमा ६० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेका पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताउनुभयो । गएको

Read more

महन्थ ठाकुर आईसीयुमा भर्ना

काठमाडौं, ३ वैशाख । नियमित चेकजाँचका लागि दिल्लीस्थित मेदान्त अस्पताल पुगेका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका प्रमुख सदस्य महन्थ ठाकुरलाई आईसीयुमा भर्ना गरिएको छ । गत चैत ३० गतेबाट अस्पतालमा भर्ना भई उपचाररत ठाकुरको स्वास्थ्य अवस्था झन झन जटिल बन्दै गएपछि हाल उनलाई आइसीयुमा भर्ना गरिएको हो । मुटुमा ‘ब्लड ब्लोकअप’ देखिएपछि उलाई

Read more

परराष्ट्र मन्त्रीको चीन भ्रमणका क्रममा के –के छलफल हुने ?

काठमाडौँ, ३ वैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छिमेकीसँगको मैत्रीपूर्ण र सन्तुलित सम्बन्धमा प्राथमिकता दिइने बताउनुभएको छ । सार्वभौमसत्ताको रक्षा, भौगोलिक अखण्डता र मुलुकको स्वाधीनता कायम गर्दै आर्थिक विकास र समृद्धिको गन्तव्यमा पुग्ने उद्देश्य प्रस्तुत गर्दै उहाँले मित्रराष्ट्रसँग व्यापार, लगानी, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार तथा विकास साझेदारसँग विश्वास र सद्भावको सम्बन्ध कायम गरी विकास र

Read more

धन्न दुर्घटनाबाट जोगियो समिट एयरको विमान

सोलुखुम्बु, ३ वैशाख । समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ । बिहान साढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल छुटेको नाइन एनएएमएच कल साइनको विमान धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन छोएको प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो । पाइलटले अटो प्लाइलोट अन गर्न भुल्दा विमानको पछाडिको भागले जमीन छुँदा

Read more

आयल निगमले बढायो डिजेल तथा पेट्रोलको भाउ

काठमाडौं, ३ वैशाख  । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ बढाएको छ । बढेको मूल्य अनुसार अब पेट्रोलको भाउ प्रतिलिटर १ सय ६ रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । निगमले यसअघि चैत १९ गते मात्र पेट्रोल

Read more

सचिवका दुईवटा गाडी, चालक नराखी बुझ्छन् तलब

काठमाडौँ, ३ वैशाख । संघीय संसद् सचिवालयका सचिव हिमलाल सुवेदीले २ वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । उनले प्रयोग गरेका गाडी एउटा नयाँ र अर्को पाँच वर्ष पुरानो छ । सुवेदीले चालकको नाममा समेत रकम बुझ्दै आएका छन्, जब कि चालक भने राखेका छैनन् । स्रोतका अनुसार पुरानो गाडीको मर्मत खर्च बढी पाइने भएकाले उच्च ओहोदाका

Read more

रहस्यमय बन्दै एमाले–माओवादी एकता, प्रचण्डले फेरि अघि सारे अप्ठेरो प्रस्ताव

काठमाडौँ, ३ वैशाख । २०७५ बैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना अर्थात लेलिन दिवसको दिन एमाले र माओवादी केन्द्रले भव्यतापूर्वक पार्टी एकिकरण गर्ने घोषणा गरेपछि त्यही दिन घोषणा सभा हुने सम्भावना टर्दै गएको संकेत पाइएको छ । ठूला वाम दलको एकताको विपक्षमा रहेका देशी–विदेशी शक्तिकेन्द्रहरु अब सदाका लागि एकिकरण टरेको भविष्यवाणी गर्दैछन् भने एमाले

Read more