चीनमा रहेका नेपालीको उद्धारका लागि फागुन ३ गते वाइड बडी विमान चीन जाने

२७ माघ २०७६, सोमबार । चीनमा रहेका नेपालीहरुको उद्दारका लागि फागुन ३ गते नेपाल एयरलाइन्सको वाइड बडी चीन जाने भएको छ । चीनमा रहेका नेपालीहरूलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान जाने भएको हो । कोरोना भाइरसको इपीसेन्टर मानिएको चीनको वुहानमा उद्दारको पर्खाइमा रहेका करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार

Read more

कोरोना भाइरसका कारण चीनमा ९०० जनाको मृत्यु, ४० हजारभन्दा बढी संक्रमित

चीनभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९०० नाघेको छ भने ४० हजार जना संक्रमित भएका छन् । मृत्यु हुने ९०० जना सबै चीनका नागरिक भएको पुष्टि भएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ । चीनमा एक दिनमा नै ६ हजार भन्दा बढी कोरोना भाइरस संक्रमतिहरु भेटिएको बताइएको छ । यो

Read more

सिरियामाथिको आक्रमणका कारण अमेरिकाद्वारा टर्कीमाथि नाकाबन्दी

२८ असोज २०७६, मंगलबार । टर्कीले सिरियाको उत्तरी भागमा आक्रमण गरेपछि अमेरिकाले टर्कीका केही मन्त्रालय र वरिष्ठ अधिकारीहरुलाई नाकाबन्दीको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रिसेप तैयप इर्दोगानलाई फोन गरेर तत्काल युद्ध विरामको आग्रह गरेको अमेरिकी उपराष्ट्रपति माइक पेन्सले जनाएका छन् । पेन्सले आफू सकेसम्म चाँडो सो क्षेत्रमा जाने समेत बताएका

Read more

जापानमा ६० वर्ष यताकै शक्तिशाली हागिबिस आँधी, जनजीवन अस्तव्यस्त

२६ असोज २०७६, आईतबार । शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापनको जनजीवन प्रभावित भएको छ । स्थानीय समय अनुसार शनिबार बेलुका ७ बजे हागिबिस आँधी टोकियोबाट दक्षिण–पश्चिममा रहेको इजु प्रायद्विपको भूमिमा ठोक्किएको हो । आँधीका कारण मुसलधारे पानी परेको छ भने तीव्र गतिमा हावा चलेको छ । जसका कारण जापानका अधिकांश क्षेत्रको जनजीवन अस्तव्यस्त भएको

Read more

चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा आउँदै, आइतबार सार्वजनिक बिदा

२४ असोज २०७६, शुक्रबार । चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले सीको राजकीय भ्रमणको दोस्रो तीन आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो । चिनियाँ रााष्ट्रपति सी शनिबार चार बजे नेपाल आइपुग्दैछन् । यसअघि नै सरकारले २०७३ कात्र्तिकमा भारत र चीनका

Read more

चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणमा उच्चस्तरीय सुरक्षा

२४ असोज २०७६, शुक्रबार । चिनियाँ राष्ट्रपति सी जिनपिङको दुई दिवसीय राजकीय भ्रमणको सरकारले उच्चस्तरीय सुरक्षा व्यवस्था मिलाएको छ । अति विशिष्ट व्यक्तिको सुरक्षा कार्य्विधि २०७० अनुसार चारवटै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको हो । आवश्यक तयारीको सिलसिलामा दैनिक सुरक्षा समन्वयात्मक छलफल चलिरहेको र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति कार्यालयसम्म र बस्ने होटल सम्मको आवश्यक

Read more

पेरिसको प्रहरी मुख्यालयमा आक्रमण हुँदा चार प्रहरीको ज्यान गयो

१७ असोज २०७६ । फ्रान्सको राजधानी पेरिसको मध्य क्षेत्रमा रहेको प्रहरी मुख्यालयमा बिहीबार एक व्यक्तिले छुरा प्रहार गर्दा कम्तीमा चार जनाको ज्यान गएको छ । मृत्यु हुने सबैजना प्रहरी अधिकारी रहेका एक उच्च प्रहरी स्रोतले जनाएको छ । प्राप्त जानकारी अनुसार आक्रमणकारीलाई नियन्त्रणमा लिने प्रयासमा प्रहरीले चलाएको गोली लागि उनको घटनास्थलमा नै मृत्यु भएको छ

Read more

अमेरिका र चीनबीच अक्टोबरमा १३ औं चरणको व्यापार वार्ता हुने

१९ भदौ, २०७६ । अमेरिका र चीनबीच अक्टोबरको पहिलो साता फेरी ब्यापार वार्ता हुने भएको छ । व्यापारिक संघर्ष चर्किरहेका बेला अमेरिकाको वासिंगटनमा १३औं चरणको वार्ता हुने भएको हो । यसअघि गत जुलाईको अन्त्यमा चीनको संघाईमा भएको १२औं चरणको वार्ता विफल भएपछि यी दुवै मुलुकले एकअर्का विरुद्ध भन्सार थपको घोषणा गरेर व्यापारिक द्वन्दलाई चर्काउँदै लगेका

Read more

काबुलमा भएको आत्मघाती हमलामा २ नेपाली सहित १६ जनाको मृत्यु, ११९ घाइते

१८ भदौ २०७६, बुधबार । अफगानिस्तानको राजधानी काबुलस्थित ग्रीन भिलेज क्याम्पमा सोमबार राति पौने १० बजे भएको बम बिस्फोटमा परी २ जना नेपालीसहित कम्तीमा १६ जनाको ज्यान गएको छ । एक सय १९ जना घाइते छन् । पाकिस्तानको इस्लामावाद स्थित नेपाली दूतावास स्रोतले समेत आत्मघाती हमलामा २ नेपालीको मृत्यु भएको अनौपचारिक जानकारी आएको बताइएको छ

Read more

अफगानिस्तानको आत्मघाती हमलामा १६ को मृत्यु, सयभन्दा बढी घाइते

भदौ १७ । काबुल, अफगानिस्तानमा तालिवान समूहले गराएको आत्मघाती विस्फोटमा परेर १६ जना मानिस मारिनुका साथै १०० भन्दा बढी घाइते भएका छन् । मध्य काबुलमा सोमबार राति सो विस्फोट गराइएको थियो । विस्फोट ग्रीन भिलेज नजिक भएको थियो । जहाँ विभिन्न विदेशी दातृ निकाय र अन्तर्रा्ष्ट्रिय संगठनका कार्यालय रहेको आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमीले बताएका

Read more