आप्रवासी कामदार हंकहित केन्द्र थाक्रेको अध्यक्षमा जिवन लामा चयन

Share it with you friends

थाक्रे, धादिङ। आप्रवासी कामदार हंकहित केन्द्र थाक्रे गाउँपालिकाको अध्यक्षमा जिवन लामा निर्वाचित हुनुभएको छ । आज धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ११ सिड्स धादिङको कार्यालयमा भएको युवाहरुको भेलाले लामाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवगठीत समितिको उपाध्यक्षमा आईते तामाङ, सचिवमा श्वारीका सुुवेदी र सहसचिव संगम लामा कोषाध्यक्षमा डोल्मा लामा चयन हुनुभएको छ । यसैगरी सदस्यहरुमा रेशम कमर, राम ब.लामा, विनोद प्रेम ब.मगर रहनुभएको छ । आप्रवासदी कामदार हकहित केन्द्र धादिङको उपाध्यक्ष कमला कोईरालाको अध्यक्षता, थाक्रे गाउँपालिकाका कार्यकारी अधिकृत पुर्ण प्र.दुलालको प्रमुख आतिथ्य र गाउँपालिकाका वडा अध्यक्षहरुको आतिथ्य रहेको कार्यक्रममा सिड्स धादिङका कोषाध्यक्ष यसोदा बिडारी सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, सुरक्षित आप्रवासन सामि परियोजनाका कार्यक्रम संयोजक गँगा सुवेदीको आतिथ्य रहेको कार्यक्रममा थाक्रे  गाउँपालिकाका बैदेशिक रोजगारबाट फर्किएका ४८ भन्दा बढी युवाहरुको सहभागीता रहेको थियो ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङले बैदेशिक रोजगारलाई सुरक्षीत,भरपर्दो र लाभदायी बनाउनको लागी पैरबी गर्नेछ । साथै बैदेशिक रोजगारमा गएका व्यक्ति तथा तीनका परिवारमा परेका समस्याहरुलाई समाधानको लागी पहल गर्ने आप्रवासी कामदार हकहित केन्द्रका धादिङले बताएको छ ।


भेलालाई सम्बोधन गर्दै कार्यकारी अधिकृत पुर्ण प्र.दुलालले बैदेशिक रोजगारमा देखीएको समस्या समाधान गर्नको लागी गाउँपालिकाले पहल कदमी लिने बताउनुभयो । थाक्रेले युवाका लागी व्यावसाय सञ्चालन गर्न प्रतेक वडामा ३ लाख का दरले बजेट छुटाएको बताउनु भएको छ।

गाउँपालिकाका भित्रका युवाहरुलाई स्वदेशमै उद्यमशिल बनाउनको लागी युवा लक्षित कार्यक्रम ल्याउने बताउनुभयो । बैदेशिक रोजगारबाट फर्किएका युवाहरुले बैदेशिक रोजगारको कारण भोग्नु परेको समस्याको बारेमा बताउनुभएको थियो ।
यसैगरी कार्यममा सिड्स धादिङका गोणर्क रुपाखेती र सुरक्षित आप्रवासन सामी परियोजनाका कार्यक्रम संयोजक गँगा सुवेदीले सुरक्षित आप्रवासन सामि परियोजनाले गर्ने कामको विषयमा जानकारी गराउनुभएको थियो । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धादिङको आयोजना,चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिङस धादिङ र सुरक्षित आप्रवासन सामी परियोजनाको सहयोगमा कार्यक्रमको आयोजना सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *