एक सय रुपैयाँ दिने भन्दै एक व्यक्तिद्वारा दुई बालिका बलात्कार

Share it with you friends

कञ्चनपुर, २१ चैत । पछिल्लो समय दिनानुदिन बलात्कारका घटनाहरु बढीरहेको छ । कही दोषीलाई कारवाही गरिएको छ त कही दोषी फरार रहेका छन् । जबसम्म बलात्कारीलाई कानुनी कडा कारवाही हुँदैन तबसम्म बलात्कारका घटनाहरु दोहोरिरहन्छन् ।

बलात्कार घटनाको पछिल्लो शिकार बनेका छन् कञ्चनपुरका दुई बालिका भीमदत्त नगरपालिका १० जिमुवामा एक व्यक्तिले ७ वर्षिया र ८ वर्षिया दुई बालिकालाई पैसाको प्रलोभन देखाएर बलात्कार गरेका छन् । विद्युतीय रिक्सा चलाउने स्थानीय २१ वर्षिय किसन नाथले उनीहरुलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

नाथले सोमबार सॉझ आफ्नै रिक्सामा दुवै वालिकालाई घरभन्दा केहि पर भारतीय जंगल क्षेत्रमा लगी बलात्कार गरेको पीडितका आफन्तले जनाएका छन् ।

घट्ना भएको दोस्रो दिन सॉझ दिशा पिशाव गर्न समस्या भएको भन्दै आपसमा कुरा गरिरहेका बेला अभिभावकले सुनेपछि घटना सार्वजनिक भएको हो । अभिभावकले सोधपुछ गर्दा वालिकाहरुले घट्नाबारे जानकारी दिएको अभिभावकले बताएका छन् ।

दुवै जनालाई ५०/५० रुपैयाँ दिएर पालैपालो वलात्कार गरेको र त्यसपछि पैसा पनि खोसेर लगेको बालिकाहरुले बताए ।

नाथले सोमबार सांझ ७ बजे घरको आगनबाटै दुवै वालिकालाई आफ्नै रिक्सामा राखेर लगेको केहीले देखेका पनि हुन् तर नाथ पनि सोही स्थानको भएकाले बालिकासँग रिक्सामा हिडेको देखेर पनि कसैले वास्ता गरेनन् ।

जब घटना सार्वजनिक भयो ईलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई डिकरदेव पन्तको टोलीले नाथलाई उनकै घरबाट पक्राउ गरे । नाथले प्रहरीमाथि समेत हातपात गरेको प्रहरीले बताएको छ । तत्कालै दुवै वालिकाको मेडिकल परीक्षण गरिएको छ । बाहिरी रुपमा वालिकाहरुको स्वास्थ्य सामान्य रहेको र मेडिकल रिपोर्ट आएपछि मात्रै थप जानकारी हुने प्रहरीले बताएको छ ।

फागुन अन्तिम् साता पनि कञ्चनपुरकै कृष्णपुर नगरपालिकाको मौरीफांटामा स्कुल जानेक्रममा एक किशोरीलाई वलात्कर गरिएको थियो। उक्त घट्ना भएको साता दिन नबित्दै पुनर्वास नगरपालिकाको ङ गाउँमा पनि डेढ वर्षीया वालिका वलात्कृत भएकी थिइन् ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 9 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 10 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 9 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 20 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते