कृषि मुलूकमा समृद्धि बन्ने प्रदेश नं ३ का मुख्यमन्त्री पौडेलको भनाई

Share it with you friends

१६ भदौ, २०७६ ।
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ। मकवानपुरको मनहरि गाउँपालिकाको हाँडीखोलाका बिभिन्न कृषि उद्यमको अवलोकन र अनुगमनपछि भएको कार्यक्रममा उहाँले नेपालको दिगो आर्थिक विकास र समृद्धि कृषि उद्यमबाट मात्र सम्भव रहेको बताउनुभयो ।

मुख्यमन्त्री पौडेलले कृषि र पशुपालनसँग सँगै लैजाने नीति प्रदेश सरकारको रहेको उल्लेख गर्दै कृषिलाई निर्वाहमुखी भन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो। प्रदेशका १ सय १९ वटा स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने प्रदेश सरकारको नीति रहेको बताउँदै उहाँले एक गाउँ एक उत्पादन क्षेत्रको अवधारणामा अघि बढाइने जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले किसान र उपभोक्ता बीचको बिचौलिया प्रथाको अन्त्य गर्नका लागि बिभिन्न स्थानमा बृहत कृषि बजार स्थापना गरिने उल्लेख गर्दै सरकारको मूल अभियान नै कृषि क्रान्ति गर्ने भएकाले सबै जनता कृषिमा लाग्नु पर्ने बताउनुभयो । माटो परीक्षण लगायतको सुविधाका लागि हरेक गाउँपालिकामा एक–एक माटो जाँच केन्द्रको स्थापना गरिने उल्लेख गर्दै उहाँले ठाउँ, वातावरण र स्थानको विशेषता अनुसार नै खेती गर्नुपर्ने धारणा राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *