धुनिवेशीमा धादिङकाे पाचाैँ कोरोना संक्रमित महिला
धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्वर ३ महेशफाँट घर भएकी २३ वर्षीय महिला काठमाण्डौवाट सञ्चालन हुने एक सञ्चार माध्ययममा इन्टर्न रुपमा काम गर्छिन ।
रोजगारीको लागि राजधानी बस्दै आएकी धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर ३ छत्रेपाटी महेशफाँट घर भएकी ति महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसंगै कोरोना संक्रमित हुने धादिङ जिल्ला घर भएका पाँच जना पुगेका छन् ।
काठमाण्डौंको एक सञ्चारगृहमा इन्टर्नकाे रूपमा कार्यरत उनी लकडाउन शुरु भएपछि घर आएर जेठ १२ गते काठमाण्डौं फर्किएकी थिइन ।
जेठ १६ गते उनको स्वाब परिक्षण गरिएको थियो ।
काठमाण्डौं अफिसमा फर्किएर कfर्यलयको क्वारेन्टाईनमा वस्दै आएकी उनलाई २१ गते कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो ।
