जोडीलाई आकर्षित गर्ने डाइनोसरसको सिङ
हामीलाई थाहा छ धेरैजसो जनावरको सिङ हुन्छ तर यो थाहा छैन की यो सिङ किन हुन्छ । एक अध्ययनले देखाएको छ , डाइनोसरसको सिङ प्रेमका लागि बनेको हुन्छ ।

आफूतिर आकर्षित गर्न ट्राइसेराटोप्सजस्ता डाइनोसोरको टाउकोमा सिङ र झल्लर विकसित भएको हुनसक्ने अनुसन्धानले देखाएको हो । यस अघि एकसिङ्गे डाइनोसोरमा ती श्रृङ्गारिक अवयव भिन्न प्रजाति छुट्याउन विकसित भएको निष्कर्ष निकालिएको थियो । तर हालै रोयल सोसाइटी जर्नलमा प्रकाशित शोधले त्यो मान्यताको खण्डन गरेको छ । प्रारम्भमा यो शोधले सेराटोप्सिएन डाइनोसोरहरूमा भएका विशिष्ट सिङ र झल्लर अन्तप्रजातीय भेदका हुन् कि हैनन् भनेर निष्कर्ष निकाल्ने तयारी थियो । अब यी श्रृङ्गारिक अवयवहरू क्रमिक रूपमा सामाजिक यौनिक छनोटका लागि विकसित भएका हुन् कि हैन भनेर थप अनुसन्धान गरिने वैज्ञानिकले बताएका छन् ।
