देउवाले हारको जिम्मा नलिएपछी कांग्रेस बैठक बस्न सकेन

Share it with you friends

काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसको बिहान ९ बजे बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक साँझसम्म सुरु हुन सकेको छैन । पार्टी महामन्त्री शशांक कोइरालाले पेश गर्ने चुनावी समीक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्तावमा हारको जिम्मा कसलाई दिने भन्ने विवाद नमिल्दा बैठक बस्न नसकेको हो ।

आजको बैठकको कार्यसूचि महामन्त्रीले प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले बोलेर चुनावी समिक्षा बैठक सक्ने रहेको छ । निर्धारित समयभन्दा झण्डै ९ घन्टा बित्न लाग्दा पनि बैठक बस्न सकेको छैन ।

बैठक सुरु हुन नसकेपछि नेताहरु केन्द्रीय कार्यालयमा कुराकानी गरेर समय बिताइरहेका छन् । केही नेताहरु सहमतिको लागि अभ्यासरत रहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकमा देउवा समूहले वाम गठबन्धनका कारण चुनावी हार भएको निष्कर्ष निकालेको छ भने पौडेल समूहले भने पार्टी नेतृत्वको कारण पनि चुनाव हारेको बुझाईसहित अडानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *