Breaking Newsराष्ट्रिय समाचारस्थानीय

धादिङको गजुरीमा पनि देखियो कोरोना

Share it with you friends

धादिङ जिल्लाको गजुरी गाँउ पालिकामा रहेका ३२ वर्षीय १ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित महिला गजुरी गाँउपालिका भित्रकै क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा वरिष्ठ जनश्वास्थ्य प्रशासक डा भुवन पौडेलले जानकारी दिनुभयो ।

याे सगैं  धादिङमा कोरोना संक्रमितको संख्या २३ जना पुगेको छ ।

केही अघि मात्रै नीकलण्ठ नगरपालिकाकाे १६ जनामा काेराेना पुष्टि भएकाे थियाे ।   यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का पुरुष, गल्छी गाउँपालिका वडा नं ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् ।

 

धुनीबेसी नगरपालिका वडा नं ३ की २३ वर्षीय महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *