धादिङको थाक्रे गाउपालिका वडा नं.४ बाहुनस्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
धादिङ्ग– धादिङको थाक्रे गाउपालिका वडा नं.४ बाहुनस्थानमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । थाक्रे गाउपालिका बाट आर्थिक बर्ष २०७५/०७६ मा संचालन भएका योजना तथा कार्यक्रम का विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

थाक्रे गाउपालिकाको आयोजना मा कृषि रेडियो धादिङको सहकार्यमा साविकको तसर्पू गाविस तथा हालका थाक्रे गाउपालिका वडा नं. ४ र ५ मा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा विषेश गरि थाक्रे गाउपालिका का सेवा सुविधाका विषय, जन प्रतिनिधी हरु को काम कारबाही र विकास निर्माणका बारेमा विभिन्न ब्यक्तिहरुको गुनासो तथा सुझाबलाई वडा अध्यक्ष, तथा गाउपालिकाका उपाध्यक्ष र अध्यक्ष ले सवाल को जवाफ दिनुभएको थियो ।

वडा नं.४ को महाकाली माध्यमिक विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा विभिन्न योजनाका उपभोक्ता समिति सर्व साधारण तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको कृषि रेडियो र रेडियो मान्खुले प्रत्यक्ष प्रसारण गरेका थिए ।

