धादिङमा सह चालकले चलाएको बस दुर्घटना हुँदा ५ जना घाइते

Share it with you friends

१२ असोज, २०७६,

धादिङको नीलकण्ठ नगरपालिका १३ मा आईतबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको जनाएको छ ।

नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङवेशी आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौँजा गाउँमा आइपुगेपछि सडकबाट धानखेतमा खसेको थियो ।

घाइतेहरुको जिल्ला अस्पताल धादिङमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । घाइते हुनेहरुमा नेत्रावती गाउँपालिका ५ का दलबहादुर तामाङ, हस्तकुमारी तामाङ लक्ष्मी गुरुङ, चेन्डे दमाई, सान्त माया गुरुङ रहेका छन् ।

बसमा चालक सहचालक सहित जम्मा ७ जना यात्रु भएकाले धेरै क्षति हुन नपाएको स्थानीयले बताएका छन् । बसका चालक घाइते भएपनि उनीहरु घटनास्थलमा नदेखिएको र उपचारका लागि अस्पतालमा नआएको तामाङले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *