धुनिवेशी नगरपालिकाको स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा पिसिआर रिपोर्ट नेगेटिभ
राजाराम डंगोल धुनिबेशी । १४ जेष्ठ २०७७- धादिङ जिल्लाकाे धुनिवेशी नगरपालिका वडा नम्वर ९ मा रेहकाे स्वास्थ्य कार्यलयमा कार्यरत २ जनामा पिसिआर रिपोर्ट नेगेटिभ देखिएकाे छ।
केहि दिन अघि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी ) गर्दा २ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
आरडिटी परीक्षण गर्दा पोजेटिभ देखिएपछी २ जना स्वास्थकर्मी को पिसिआर परिक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको थियो ।
आरडिटी पाेजेटिभ देखिएपछी दुवै जनालाई क्वारेन्टाईनमा राखिएको थियो भने वडा नम्वर ९ काे स्वास्थ्य कार्यलयवाट प्रदान गरिदै आएकाे स्वास्थ्य सेवा समेत बन्द गरिएकाे थियाे ।
पिसिआर रिपाेर्ट नेगेटिभ आएकाे र उँहाहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोले बुधबार क्वारेन्टाइनबाट घर पठाइएकाे र आइतबार बाट नियमित स्वास्थ्यसेवा सुचारू हुने स्वास्थ्य कार्यलय धुनिवेशीका हेमन्त सुवेदीले देश विकास डटकमलाइ जानकारी दिनुभयाे ।
