भिआइपीको सवारीमा ट्राफिक बत्ती बन्द

Share it with you friends

१७ चैत , काठमाडौं। नयाँ प्रविधि जडानसहित बल्न थालेका ट्राफिक बत्ती भिआइपीको सवारी हुँदा भने सधैं निभ्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

बत्ती बल्न थालेको भोलिपल्ट दरबारमार्ग, नयाँ बनेश्वर र नारायणगोपाल चोकमा ट्राफिक बत्ती निभाएरै बाटो खाली गराइएको थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारी हुँदा बत्ती निभाउनु परेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता उमेश रंजितकारले बताए ।

बत्ती बन्द नगरी सडक खाली गर्न नसकिने भएकाले यस्तो गर्नुपरेको उनले बताए । नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *