भुवनेश्वरी मा. वि. मा संचालन भइरहेको फुटबल प्रतियोगिता सम्पन्न ।

Share it with you friends


भरत रेग्मी धादिङ, असोज २२ । धादिङको धुनिबेशी नगरपालिका वडा नं. ५ पुरोधार्केमा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको अन्तर सदनात्मक छात्र फुटबल तथा अन्तर कक्षा छात्रा फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।


२०७५ साल असोज १९ गते बाट सुरु भएको फुटबल प्रतियोगिता आज सम्पन्न भएको हो । विद्यालयका रातो, पहेलो, हरियो तथा निलो सदनका विचमा भएको प्रतिस्पर्धा मा हरियो सदनले प्रथम स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै रातो सदन दोस्रो पहेलो सदन तेस्रो र निलो सदन सान्तवना भएका छन ।


त्यस्तै छात्राहरुले पनि फुटबल खेल्न सक्छन भन्ने कुरालाई आत्मसाथ गर्दै विद्यालयले अन्तरकक्षा छात्रा फुटबल प्रतियोगिता पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा कक्षा १० लाई पराजित गर्दै कक्षा ९ ले प्रथम स्थान हासिल गर्न सफल भएको थियो ।
दशैँ तिहार तथा छठको अवसर पारेर सञ्चालन गरिएको खेलकुद प्रतियोगितामा विद्यालयका शिक्षक विद्यार्थी अभिभावक , स्थानिय बासी तथा खेलप्रेमी दर्शकहरुले खेलको अवोलोकन गरि खेलाडी भाईबहिनी हरुलाई हौषला प्रदान गर्नु भएको थियो ।


३ दिन सम्म सञ्चालन भएको प्रतियोगितामा विद्यालयकै पूर्व विद्यार्थी तथा फुटबल खेलाडी राजन भुजेल तथा सुजन अधिकारीले रेफ्रीको भुमिका निर्बाह गर्नुभएको थियो ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 16 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 18 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 17 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते