मदन भण्डारी स्पोर्टस् एकेडेमीको शानदार सुरुवात, सुदूरपश्चिम–११ पराजित
काठमाडौं । तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंले शानदार सुरुवात गरेको छ ।
प्रकाश बुढाथोकीले २ गोल, विश्व अपधकारी, दिपेश आले र विदेशी खेलाडी अव्बालले समान एकरएक गोलको सहयोगले मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौंले सुदूरपश्चिम–११ लाई ५–१ को फराकिलो गोल अन्तरले हरायो ।
सुदूरपश्चिम–११ का प्रणय अन्जनले एक सान्त्वना गोल फर्काए ।
यही चैत १९ गतेसम्म सन्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १५ लाख र उपविजेता टिमले नगद ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
