सेतो प्रजातिको अन्तिम नर गैंडाको केन्यामा मृत्यु

Share it with you friends

एजेन्सी । संसारमा एउटै मात्र बचेको उत्तरी सेतो नर गैंडाको मृत्यू भएको छ । उक्त प्रजातिको गैंडालाई ‘सुडान’ भनेर चिनिन्छ । रोयटर्स समाचार एजेन्सीका अनुसार गैंडाको मृत्यु सोमबार केन्यामा भएको हो ।

त्यस प्रजातिको अन्तिम गैंडाको हेरचाह केन्याको वन्यजन्तुको रक्षा गर्ने एउटा संस्थाले गरिरहेको थियो । गैंडाको उमेर ४५ वर्ष भएको थियो । त्यसको खुट्टामा संक्रमण भएको थियो र त्यसलाई उपचाराथ त्यस प्रजातिकै दुई मादा गैंडासँग राखिएको थियो ।त्यसको उपचारका लागि पैसा संकलन गर्न त्यसकै प्रोफाइलमा एउटा एप पनि बनाइएको थियो ।

अफ्रिकाको सहारा उपक्षेत्रमा कुनै समय त्यस प्रजातिका हजारौं गैंडाहरु पाइन्थे । तर, शिकारका कारणले तिनीहरु लोप भएका थिए । यस गैंडाको सिङलाई प्रति किलो पचास हजार डलरभन्दा धेरै मूल्य पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *