स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न युवा युवतीहरुलाई ब्यवसायिक तालिम ।

Share it with you friends


राजाराम डंगोल, धादिङ साउन २६ ।
बैदेशिक रोजगारमा बिदेशिन नपरोस स्वदेशमानै रोजगार बनोस भन्ने उद्देश्यले सञ्चालन गरेको ३ महिने भेटेनरी, ब्यूटी पार्लर, सिलाई कटाई र बेमौषमी तरकारी खेती तालिम सम्पन्न भई ऋत्भ्ख्त् द्धारा सिप परिक्षण गरिएको छ ।
पौरखी नेपाल र ट्रेड लिंकको आयोजनामा सञ्चालन भएको तिन महिने भेटेनरी तालिमको सिप परिक्षण श्रावण १३ र १४ गते भएको थियो । भने उनिहरुलाई १४ गते नै आफ्नो ब्यवसाय सञ्चालन गर्न सहयोगको लागि संस्थाद्धारा सामान वितरण र्गिरएको थियो । त्यस्तै गरि ब्यूटी पार्लर तालिमको १५ र १६ गते सिप परिक्षण गरिएको थियो भने १७ र १८ गते सिलाई कटाई तालिमको सिप परिक्षण गरिएको थियो ।
सिप परिक्षण पश्चात सहभागीहरुलाई ब्यवसाय सञ्चालनको लागि २३ गते ब्यूटी पार्लर र २४ गते सिलाई कटाई को सामाग्री हस्तान्तरण गरिएको थियो ।
अन्तराष्ट्रिय आप्रवासन संगठन क्ष्इः को आर्थिक सहयोगमा सञ्चालन भएको भेटनरी तालिममा महादेबबेसीमा १५ जना र खानिखोलामा १५ जना गरी ३० जना को सहभागिता रहेको थियो ।


तालिममा खानियाबास गाउपालिकामा सञ्चालन भएको सिलाईकटाई तालिममा २० जना र सत्यदेवी गाउपालिकामा सञ्चालन भएको बेमौसमी तरकारी खेती तालिममा २० जना गरी ४० जना सहभागी भएको तालिमको सिप परिक्षण यहि श्रावण २० र २१ गते गरी सहयोगको लागी सामाग्री हस्तान्तरण गरिएको थियो ।
धुनिबेसी नगरपालिकामा ५५ जना थाक्रे गाउपालिकामा ५५ जना सत्यदेवी र खानियाबास गाउपालिकामा २० ÷२० जना गरी १५५ जनाले तालिम लिएको र उनिहरुलाई ब्यवसाय सञ्चालनको लागि सबै विषयको तालिममा सहभागी हरुलाई ९ हजार बराबरको सामाग्री वितरण गरिएको पौरखी नेपालका कार्यक्रम संयोजक राममाया श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *