साना किसान कृषि सहकारी संस्था जिवनपुरको साधारण सभाः
सबै सानाकिसान एक भए स्थानीय सरकारका कृषिका सबै कार्यक्रम सानाकिसान मार्फत सञ्चालन गर्न सकिने नगर प्रमुख अाचर्यको घोषणा
धुनिवेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यले नगरका सबै सानाकिसान सहकारी एक भए नगरपालिकाका कृषिका कार्यक्रम सानाकिसान मार्फत सञ्चालन गर्न सकिने बताउनु भएको छ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड जिवनपुरको सत्रौं वार्षिक साधारण सभामा मन्तव्यका क्रममा मेयर आचार्यले यस्तो धारणा राख्नुभएको हो ।

स्थानिय सरकार सधै कृषकका पक्षमा रहेको बताउँदै उँहाले कृषिबाटै धुनिवेशी नगरको पहिचान बन्न सक्ने हुँदा चक्ला वन्दी खेती मार्फत व्यवसायिक कृषिको सुरुआत गर्न कृषकहरुलाइ आग्रह गर्नुभयो ।
नगरका ३ वटा साना किसान कृषि सहकारी मार्फत युवा उद्यमशीलता प्रवद्र्धन कार्यक्रम संचालन हुने जानकारी दिदै नगरप्रमुख आचार्यले कृषकलाइ वित्तिय सहजताका लागि आफुहरुले सहजीकरण गर्ने पनि बताउनु भयो ।
धुनिवेशी नगरपालिका साविकको जिवनपुर गाउँ विकास समति भित्र कार्यक्षेत्र रहेको सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा ५२ लख ८३ हजार ५६७.९९ रुपैया खुद नाफा गर्न सफल भएको छ ।
सत्रौ वार्षिक साधारण सभामा अध्यक्ष राजेश कुमार रुचालले पेश गर्नुभएको प्रगति प्रतिवेदन अनुसार पशुपालन मार्फत सहकारीका सदस्यले कुल १ करोड ६० लाख रुपैया कमाउन सफल भएका छन् ।
आगामी आर्थिक वर्षको अन्त्य सम्मा २८८ वटा समुह मार्फत कुल १८३६ सदस्य संङ्ख्या पुर्याउले लक्ष राखेको सहकारीले करीव ६३ लाख खुद नाफा आर्जन गरि प्रतिशेयर लाभांस १५ प्रतिशत कायम राख्ने लक्ष राखेको छ ।
यसै साधारण सभाले अागामी ४ वर्षका लागि सहकरीको नयाँ नेतृत्व चयन गर्नेछ ।



