एकता हतारमा हुदैन : अाेली
१९ चैत, काठमाडौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले पार्टी एकता हतार या ढिलो नगरी उपयुक्त समयमा गर्ने बताएका छन् ।
सोमबार एमाले पार्टी कार्यालयमा मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार सम्मान कार्यक्रममा प्रधानमन्त्री अोलीले पत्रकार कमल कोइरालालाई सम्मान गर्दै पार्टी एकता हतारो गर्ने कुरा नभएको बताएका हुन् ।
उनले भने,- ‘एकता हुन्छ, हुन्छ । भारत भ्रमणअघि पनि हुनसक्छ, पछाडि पनि हुन सक्छ । यो हतारो गर्ने कुरा हैन र ढिलो गर्ने कुरा पनि होइन । उपयुक्त समयमा पार्टी एकता घोषणा गरिन्छ ।’
अोलीले एक अर्को फरक प्रशंगमा भने,-‘वाम सरकार नेपालको विकासमा छिमेकीलाई समेत साथ लिएर अघि बढ्छ । छिमेकीसँग विश्वसनीय सम्बन्ध बनाउन चाहान्छौ ।’ साथै उनले राजनीतक संक्रमण टुगिएको भन्दै सम्बृद्धिको संक्रमण सुरु भएको बताए ।
तीन बर्षमा विकासशिल राष्ट्रमा पुग्ने सरकारको योजना रहेको अोलीले बताए । कार्यक्रममा पत्रकार कोइरालालाई ५० हजार ५ सय ५५ रुपैयाँ नगदसहति सम्मान गरिएको थियो।
