एकैपटक ६० सिडिओको सरुवा, कुन सिडियाे कहाँ (सूचीसहित)

Share it with you friends

काठमाडौं, १३ बैशाख  । गृह मन्त्रालयले व्यापक रुपमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको सरुवा गरेको छ । मन्त्रालयका अनुसार ६० जना सिडिओहरुको सरुवा भएको हो ।

मन्त्रालयले रा. प. प्रथम (सह सचिव) तथा द्वितीय श्रेणी (उप सचिव) का प्रमुख जिल्ला अधिकारीहरुको सरुवा सूची निकालेको छ ।

यसरी सरुवा हुनेमा भक्तपुरका सिडिओ द्रोण पोखरेल सर्लाही पुगेका छन् भने चितवनका सिडिओ नारायण प्रसाद भट्टलाई भक्तपुर ल्याइएको छ ।

काभ्रेका सिडिओ शिव सिंखडा क्षेत्रीय प्रशासन हेटौडा पुगेका छन् । सुनसरीका सिडिओ गोपालप्रसाद पराजुली धनुषा पुगेका छन् । झापाका सिडिओ ऋषीराम तिवारी कैलाली पुगेका छन् ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *