काठमाडौं । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ । निर्वाचन आयोगकाअनुसार आइतबारसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार १२५ मत प्राप्त गरी पहिलो स्थान कायम गरेको छ ।
नेपाली कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएर समानुपातिक तर्फको दोस्रो ठूलो दल बनेको छ भने नेकपा माओवादी केन्द्र ११ लाख ६२ हजार १२४ मतसहित तेस्रो स्थानमा छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८ मत ल्याउँदा जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४६ मत प्राप्त गरेको छ ।
जनमत पार्टीले तीन लाख ९४ हजार ५२३, नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार ३६२ मत पाएको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५७ मत पाएको छ ।
हाम्रो नेपाली पार्टीले ५५ हजार ६१८, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ८१८, राष्ट्रिय जनमोर्चाले ४६ हजार ३८२, नेपाल सङ्घीय समाजवादीले ४१ हजार ८०७, नेकपा मार्क्सवादी लेनिनवादीले ३० हजार ४१९, राष्ट्रिय जनमुक्ति पार्टीले २३ हजार ९१८, जनता प्रगतिशील पार्टीले १८ हजार ४८, नेपाल आमा पार्टीले १७ हजार ८६४ मत प्राप्त गरेका छन् ।
सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १७ हजार ७९७, बहुजन एकता पार्टीले १७ हजार ६५, नेपाली कांग्रेस बीपीले १२ हजार ४७८, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले १२ हजार २७०, नेपाली जनता दलले नौ हजार ९७६, बहुजन शक्ति पार्टीले नौ हजार ४३५, नेपालका लागि नेपाली पार्टीले आठ हजार ४०१, नेपाल कम्युनिष्ट पार्टीले सात हजार ९९७ मत ल्याएका छन् ।
नेपाल लोकतान्त्रिक पार्टीले सात हजार ६९२, नेपाल जनता पार्टीले सात हजार ५०६, नेकपा पुष्पलालले सात हजार ३८०, मितेरी पार्टी नेपालले सात हजार ४३, जनजागरण पार्टी नेपालले छ हजार ५३६, आमूल परिवर्तन मसिहा पार्टीले छ हजार ४०९ मत ल्याएका छन् । तराई मधेश लोकतान्त्रिक पार्टीले पाँच हजार ९६८, जनसमाजवादी पार्टीले पाँच हजार ८७२, नेकपा सामाजिक एकता पार्टीले पाँच हजार ७९६, पिछाडावर्ग निषाद दलित जनजातिले पाँच हजार १०१, विवेकशील साझा पार्टीले चार हजार ३९ मत ल्याएका छन् ।
एकीकृत शक्ति नेपालले तीन हजार ७७६, नेकपा माओवादी समाजवादीले तीन हजार ६९४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटले तीन हजार ४०४, राष्ट्रिय मुक्ति आन्दोलनले तीन हजार ३३२, मौलिक जरोकिलो पार्टीले तीन हजार २३५, नेपाल समावेशी पार्टीले दुई हजार ९५२, नेकपा परिवर्तनले दुई हजार १९१, राष्ट्रिय नागरिक पार्टीले दुई हजार १४३ र नेश्नलिष्ट पिपल्स पार्टीले दुई हजार १५ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभामा राष्ट्रिय दल बन्नका लागि प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नुपर्छ भने समानुपातिकमा तीन प्रतिशत मत प्राप्त गर्नुपर्छ । कुल खसेको सदर मतको तीन प्रतिशत ‘थ्रेस होल्ड’ सीमा कटाएपछि राष्ट्रिय दलको मान्यता तथा सेवा सुविधा प्राप्त हुने नियम छ ।

एमालेले कटायो २७ लाख ८८ हजार मत
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply