एमाले धादिङद्धारा संघ र प्रदेशमा उम्मेद्वारी दर्ता

नेकपा एमालेका नेता भुमि त्रिपाठीले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेद्धारी दर्ता गरेका छन् । बैरेनी स्थित महेशदोभानमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आईतबार त्रिपाठीले उम्मेद्धारी दर्ता गरेका हुन् । सोही क्षेत्रको ‘१’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा रमेश कुमार आचार्यले उम्मेद्धारी दर्ता गराएका छन् भने सोही क्षेत्रको ‘२’ बाट गजेन्द्र थपलियाले उम्मेद्धारी दर्ता गराएका छन् ।

यसैगरी धादिङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यको लागि एमालेका खेम प्रसाद लोहनीले उम्मेद्धारी दर्ता गरेका छन् । सोही क्षेत्रको ‘१’ बाट प्रदेश सभा सदस्यको उम्मेदवारमा डा. रामकुमार अधिकारी । सोही क्षेत्रको ‘२’ बाट धन बहादुर घलेले उम्मेद्धारी दर्ता गराएका छन् ।

 
             
             
            