एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक

Share it with you friends

१८ असार, २०७६
धादिङ्ग । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईको पूरक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित विद्यार्थीका हकमा परीक्षा तालिका सार्वजनिक गरेको हो । जसअनुसार परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थी सहभागी हुन पाउने छन् । पूरक परीक्षा आगामी २६ र २७ साउनमा सञ्चालन गरिनेछ ।

एक विषयका परीक्षार्थीहरूका लागि २६ साउन र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि २७ साउनमा (दोस्रो ठूलो कोड नम्बरको विषय) परीक्षा सञ्चालन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *