कांग्रेस वैठकमा गगन सहित ६ जनाद्धारा शीघ्र महाधिवेशन माग

Share it with you friends

काठमाडौं, ११ बैशाख । काँग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गगन थापाले ५१ पृष्ठ संयुक्त प्रस्ताव पेश गरेका छन् ।नेपाली कांग्रेसका युवा नेताहरुको समूह ‘६ भाइ’को तर्फबाट थापाले पार्टीको शीघ्र महाधिवेशनको माग गर्दै संयुक्त दस्तवेज मंगलबारको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका हुन् ।
दस्वावेजमा नियमित प्रक्रियाबाट छिटोमा दुई वर्षमा मात्र महाधिवेशन हुन सक्ने र यसले पार्टीलाई थप क्षति हुने भन्दै शीघ्र महाधिवेशन गर्नुपर्ने बताएको छ । दस्तावेजमा भनिएको छ, ‘महासमिति बैठकबाटै संशोधित विधान परित गरी शीघ्र महाधिवेशनमा जानुपर्छ ।’

उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई महासमिति र शीघ्र महाधिवेशन गराएर सहजतापूर्वक नेतृत्व हस्तान्तरण गर्ने्तिर लाग्न पनि आग्रह गरेका छन् ।

दस्तावेजमा ५ वर्षमा कम्युनिष्ट गठनबन्धनले के गर्ला भनेर कुरेर नबसी अहिलेदेखि नै पहिलो पार्टी बनाउने तिर लाग्नुपर्ने उल्लेख गरेका छन् ।

दस्तावेजमा थप  भनिएको छ, अब कम्युनिष्ट गठनबन्धन के होला भनेर नकुरौं, ५ वर्षपछिको चुनावमा यस्तो अवस्था बनाऔं कि सबै पार्टी एक ठाउँमा मिलेर चुनाव लड्दा पनि हामीले अहिलेको मतदाता जोगाएर कम्तिमा १५ लाख भोट थपेर एक्लै बहुमतसहितको पहिलो पार्टी बनाउने छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *