काठमाडौंमा भेटिँदै चिनियाँ र भारतीय रेल

Share it with you friends

काठमाडौँ, २५ चैत ।  पूर्वपश्चिम रेलमार्ग निर्माण भारतलाई जिम्मा दिने योजना बनाएको सरकारले अब भारतीय रेललाई काठमाडौं ल्याउने भएको छ। काठमाडौं आएको चिनियाँ रेल चितवन हुँदै लुम्बिनीसम्म विस्तार गर्ने सरकारी योजना सार्वजनिक भइरहेको अवस्थामा भारतीय रेलको गन्तव्य पनि काठमाडौं बनेको छ।

सन् २०१६ को मार्चमा चीन भ्रमणका बेला प्रधानमन्त्री केपी ओलीले केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेल सञ्चालन गर्ने सम्झौता गरेका थिए। चिनियाँ प्राविधिकको टोलीले यो रेल मार्गका लागि पौने तीन खर्ब रुपैयाँ खर्च लाग्ने जनाएको छ। उत्तरको रेल काठमाडौं ल्याउने सम्झौता भएको दुई वर्षपछि दक्षिणको रेल पनि काठमाडौं ल्याउने सम्झौता भएको छ। यो सम्झौताअनुसार काम भए उत्तर र दक्षिणका रेल काठमाडौंमा भेटे हुनेछन्।

चीनबाट भारत पुग्न दुई सय ३० किलोमिटर रेल यात्रा गर्नु पर्नेछ। यो मुस्किलले एक घन्टाको दूरी हो। भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शनिबार रक्सौल–काठमाडौं रेलमार्गले जोड्ने सहमति भएको छ। नेपाल–भारतको सिमा क्षेत्र रक्सौलसम्म अहिले भारतीय रेल सञ्चालन भइरहेको छ। रक्सौल–काठमाडौंं रेलमार्ग निर्माणका हिसाबले पनि सहज मानिन्छ। एक सय ३० किलोमिटर मा दूरी रहेको यो मार्गमा विद्युतीय रेल कुद्नेछ। यो रेलको निर्माण भारत सरकारले आफ्नै खर्चमा गर्ने सहमतिमा उल्लेख छ।

रेल लाइन विस्तार गर्ने सम्बन्धमा दुई देशबीच चार बुँदे सम्झौता भएको छ। सम्झौताको पहिलो बुँदामै भारतको आर्थिक सहयोगमा यो विद्युतीय रेलमार्ग बनाइने उल्लेख छ। रक्सौलबाट काठमाडौं जोड्ने यो रेलमार्गको आगामी एक वर्षभित्रै नेपाल सरकारसँगको परामर्शमा सर्वेक्षण हुनेछ। निर्माण मोडालिटी भने विस्तृत परियोजना प्रतिवेदनका आधारमा गर्ने सहमति भएको छ। त्यसको कार्यान्वयन तथा बजेट तय नेपाल सरकारसँगको समन्वयमा हुने उल्लेख छ।

नेपाल–भारत सिमा जोड्ने गरी बनाउन थालिएको रेललाइन परियोजनामा पहिलो चरणमा भएको कामको प्रशंसा भएको छ। भारत सरकारकै सहयोगमा निर्माण भइरहको जयनगर–जनकपुर–कुर्था रेलमार्ग निर्माण भइरहेको छ। यो रेलमार्ग सन् २०१८ भित्रै सञ्चालनमा आउनेछ। भारतको सहयोगमा बनेको यो मार्गमा सञ्चालनको आवश्यक रेल समेत भारतले दिनेछ।

जयनगर–जनकपुर–कुर्था र जोगबनीबाट विराटनगरसम्म सन् २०१८ भित्रै कस्टम यार्ड निर्माण गर्ने पनि उल्लेख छ। जयनगर–बिजलपुरा–बर्दिवास र जोगबनी–विराटनगरको सिमा रेलमार्गलाई पनि प्राथमकिताका साथ अगाडि बढाइने उल्लेख छ। यो क्षेत्रमा नेपालले जग्गा अधिग्रहणको काम छिटो टुंग्याउने प्रतिबद्धता जनाएको छ।

रेलमार्ग सञ्चालन गर्न नेपाल र भारतबीचको संयुक्त कार्यदलको समूहको बैठक नियमित भइरहेकामा दुई प्रधानमन्त्रीले प्रशंसा व्यक्त गरेका छन्। यसमा सिमा रेल मार्ग लाइनबारे आवश्यक मोडालिटी तय गरेर अगाडि बढ्ने उल्लेख छ।

भारत र नेपालबीचको सिमा वरपरको रेल लाइन योजनाको दोस्रो चरण अन्तर्गतका बाँकी तीन लाइनको काम गर्नेमा जोड दिइएको छ। यो तीन लाइनमा न्यु जलपाइगुडीदेखि काँकडभिट्टासम्म, नौतनवादेखि भैरहवासम्म र नेपालगन्ज रोडदेखि नेपालगन्जसम्मका रेलमार्ग रहेका छन्।

नेपाल र भारतीय सरकारबीच भएको यो सम्झौताले नेपालको रेलमार्गमा छलाङ नै भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले बताए। उनले भने, ‘अब हामी छिट्टै दुई देशको रेल सञ्जालमा जोडिन्छौं। यो हाम्रो लागि निकै ठूलो अवसर हो।’

हाल भारतीय सिमा रक्सौलबाट आठ सय मिटर नेपाली भूमिसम्म भारतीय रेल आउने गरेको छ। वीरगन्जसम्म त एकीकृत चेकपोस्टसम्म त रेल आउने पुरानै स्टेसन छ। यहाँसम्म रेल आउँछ तर यात्रु सर्भिस मात्रै छैन। रक्सौलबाट वीरगन्ज करिब एक सय ३० किलोमिरट छ। वीरगन्जबाट काठमाडौंसम्म एक सय किमि हुने अनुमान गरिएको छ। रक्सौलबाट सीधै काठमाडौंसम्म आउदा जम्मा एक सय ३० किमिको मात्रै रेलमार्गको दूरी हुनेछ।

रेलमार्गबाट काठमाडौं जोड्दै दुई छिमेकी

भारतले रक्सौलबाट काठमाडौं जोड्ने रेल मार्ग बनाइदिने भएपछि केरुङबाट रसुवागढी हुँदै काठमाडौंसम्मको रेलमार्ग बनाउन चीन सरकारले चासो देखाएको छ। चीनले यस अघि केरुङ –काठमाडौं करिब एक सय किमि रेलमार्ग बनाउन चासो देखाएको थियो। नेपाली भूमि रसुवागडीबाट भने काठमाडौंसम्मको यस्तो रेलमार्गको दूरी करिब ७५ किमि मात्रै हुने उल्लेख छ।

काठमाडौंसम्म रेल ल्याउने विषयमा भारतसँग सहमति भएपछि अब चीनले पनि यो रेलमार्ग बनाउन सहमति गरेरै अगाडि बढ्ने आशा बढेको छ। प्रधानमन्त्री ओलीले भू–राजनीति मिलाउन पनि दुवै छिमेकी मुलुकसँग समान दूरी कायम राख्न काठमाडौंलाई दुवै मुलुकबाट रेलमार्गले जोड्न खोजेका हुन्। चीनसँग सहमति भइनसकेको भए पनि उसले देखाएको चासो आधारमा दुई छिमेकी राष्ट्रबीच कामठाडौंमा रेलमार्ग निर्माणमा प्रतिस्पर्धा हुने देखिएको छ।

वीरगन्ज–काठमाडौं सम्भाव्यता अध्ययन सुरु

वीरगन्ज–काठमाडौं करिब एक सय किलोमिटरको दूरीका निम्ति सम्भाव्यता अध्ययन सुरु हुने भएको छ। रेल विभागले सम्भाव्यता अध्ययन गर्न माग गरेको परामर्शताका निम्ति कोरियन कम्पनी सुसुङ्ग प्रालि छनोट भएको छ। यो कम्पनीले ६ महिनाभित्र सम्भाव्यता अध्ययन गर्ने रेल विभागका प्रवक्ता उपाध्यायले बताए। अहिलेसम्मको अध्ययनबाट काठमाडौं–वीरगन्ज सबैभन्दा उपयुक्त रेलमार्गका रूपमा हेरिएको छ।

यो कम्पनीले कुनै सम्भाव्यता रेखांकनको अध्ययन हुन्छ। सोही रेखांकनलाई आधार मानेर विस्तृत परियोजना अध्ययन (डीपीआर) हुने उल्लेख छ। यो रेलमार्ग निर्माणले काठमाडौं–तराई द्रुतमार्ग दुई लेनको भए पनि पुग्ने हुन्छ। वीरगन्जबाट काठमाडौं रेलमार्ग बनाउन निजगढ विमानस्थलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्छ। यो विमानस्थल बनेको अवस्थामा यो रेलमार्ग बढी प्रभावकारी हुने अनुमान छ। अन्नपुर्णपोस्टमा खबर छ ।

  • Related Posts

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    काठमाडौँ । वाणिज्य बैंकहरूले असार महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैंकले निक्षेपको ब्याजदर स्थिर राखेका छन् भने पाँच बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरूले प्रत्येक महिनाको…

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    नेपालको पहिलो व्यावसायिक सुरुङमार्ग ‘नागढुंगा-सिस्नेखोला सुरुङमार्ग’ आगामी साउनदेखि सञ्चालन गर्ने गरी तयारी भइरहेको छ । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङमार्ग…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 6 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 7 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 6 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 15 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 17 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 16 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते