स्थानीय तहलाई महिला हिंसामुक्त बनाउन घोषणापत्र जारी

Share it with you friends

सुर्खेत, चैत २५ । कर्णाली प्रदेशका जनप्रतिनिधि महिला र महिला मानवाधिकार रक्षकले स्थानीय तहलाई महिला हिंसामुक्त बनाउनका लागि सुर्खेत घोषणापत्र जारी गरेका छन् ।

कर्णाली प्रदेशस्तरीय तीनदिने भेलामा सहभागी कर्णाली प्रदेशका अगुवा महिलाले कर्णाली प्रदेशका स्थानीय तहलाई महिला हिंसामुक्त बनाउन पहल गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

स्थानीय तहलाई महिला हिंसामुक्त बनाउनका लागि सुर्खेत घोषणापत्र जारी गरिएको महिला मानवाधिकार रक्षक राष्ट्रिय सञ्जालका अध्यक्ष डाक्टर रेणु अधिकारीले बताउनुभयो ।

महिला जनप्रतिनिधिको क्षमता बढाउने, सामाजिक न्यायका मुद्दामा अडिग रहने, सबै प्रकारका हिंसा, शोषण, दुव्र्यवहार र विभेदका घटनाप्रति शुन्य सहनशीलताको वातावरण सिर्जना गर्दै, अपांगता भएका, यौनिक अल्पसंख्यक, विपन्न तथा पछाडि पारिएका सिमान्तकृत समुदायका लागि मैत्रीपूर्ण बनाउने योजनालगायतका विषय घोषणापत्रमा रहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

त्यस्तै एचआइभी संक्रमित, द्वन्द्व प्रभावित, एकल, बेचबिखनबाट प्रभावित, दलित, जनजाति, राउटे, वादी महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चितताका लागि पहल गर्ने सुर्खेत घोषणापत्रमा उल्लेख छ ।

स्थानीय तहका जनप्रतिनिधि महिलाले स्थानीय तहमा मनोसामाजिक परामर्श सेवा केन्द्रको स्थापना गर्ने, महिला हिंसाका घटनामा शुन्य सहिष्णुता, प्रजनन् र यौन स्वास्थ्यका क्षेत्रमा विशेष पहल गर्ने, प्रसूति गृहलाई सुधार गर्नेलगायतका विषयमा तत्काल काम शुरु गरिने भेरी नगरपालिका जाजरकोटकी उपप्रमुख भावना भण्डारीले बताउनुभयो ।

बोक्सी, बालविवाह, छाउपडीलगायतका समस्याबाट ग्रसित कर्णाली प्रदेशका महिलाका लागि प्रदेश सरकारले विशेष नीति र कार्यक्रम ल्याउनुपर्नेमा भण्डारीले जोड दिनुभयो । सुर्खेतको विरेन्द्रनगरमा आज समापन गरिएको तीनदिने भेलामा कर्णाली प्रदेशका स्थानीय सरकारका महिला उपप्रमुख÷उपाध्यक्ष र गैरसरकारी संघसंस्थामा क्रियाशील अधिकारकर्मीको सहभागिता थियो । रासस

  • Related Posts

    सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषित

    धादिङ,  जेठ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ चालु आर्थिक वर्ष २०८२/०८३ को सिद्धलेक गाउँपालिकाको वडा तथा पालिका स्तरीय पूर्ण खोप सुनिश्चितता…

    थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

    धादिङको थाक्रे गाउँपालिका पूर्ण खोप सुनिश्चितत तथा दिगोपना घोषण भएको छ “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित थाक्रे गाउँपालिकामा आर्थिक वर्ष २०८२÷०८३ को…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 10 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 11 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 10 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 20 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:३७
    • 21 views
    नागढुंगा-सिस्नेखोला सुरुङमार्ग साउनको तेस्रो सातासम्म सञ्चालनमा आउने

    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते

    • By Upendra Adhikari
    • २५ जेष्ठ २०८३, सोमबार ११:२६
    • 20 views
    गणित शिक्षा परिषद् धादिङको पाँचौँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी जेठ ३० गते