खोलाले बगाएको बालिकाको उद्दार
मनाङ, ४ वैशाख । मनाङमा खोलाले बगाएकी एक बालिकाको उद्दार भएको । मनाङ प्रकाश ज्योति मावि कक्षा १० मा पढ्ने बिनीता गुरुङलाई स्कूल छुट्टी भएर घर फर्कने क्रममा दूधखोलाले बगाएको थियो ।
खोलाले करिब सय मिटर बगाएपछि पुल निर्माण काम गर्दै गरेका कामदारले उनलाई उद्धार गरेका प्रहरीले जनाएको छ ।
