गल्छि गाउँपालिकाद्धारा कृषकहरुलाई ५० प्रतिसत अनुदानमा ट्याक्टर वितरण
गल्छि, १६ असार, २०७७ । धादिङको गल्छि गाउँपालिकाले कृषकहरुका लागि अनुदानमा ट्याक्टर वितरण गरेको छ । वडा नम्बर ३ र ६ का १८जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा सोमबार ट्याक्टर वितरण गरिएको कृषी प्राविधिक टिकाराम खतिवडाले जानकारी दिनु भयो । खतिवडाका अनुसार अब अन्य ६२ जना कृषकहरुलाई ट्याक्टर वितरण गर्न बाँकी रहेको र बाँकी कृषक हरुलाई १ हप्ता भित्रमा वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।
ट्याक्टर वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्णहरी श्रेष्ठ, उपाध्यक्ष राधा तिमल्सिना, प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्ष कपिल प्रसाद रेग्मी र वडा नम्बर ६ का वडा अध्यक्ष राजन श्रेष्ठ, कृषक हरु लगायतको सहभागिता रहेको थियो ।
