गाउँपालिका अध्यक्षले मनाए नौलो तरिकाले जन्मदिन

Share it with you friends

बैशाख ३, महादेववेशी , धादिङ । तपाई आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? साथिभाइ भेटघाट गरेर ? केक काटेर ? पार्टि गरेर या रमाइलो गरेर ? तर धादिङ जिल्लामा रहेको थाक्रे गाउँपालिकाका अध्यक्षले नौलो प्रयोगका साथ आफ्नो ५६ औ जन्मदिन मनाएका छन । गाउँपालिकाका वडा अध्यक्ष, वडा सदस्य, गाउँकार्यपालिकाका सदस्य र पत्रकारहरुको विचमा जन्मदिन मनाएका आचार्यले आफ्नो वाकी जिन्दगी नाफाको जिन्दगी भएको वताउदै थाक्रेको विकासमा सक्दो साथ दिन सम्वद्ध सवैलाइ आग्रह गरेका थिए ।


गाउँपालिकाको नेतृत्वमा आएको २ वर्ष पुरा भएको भन्दै आचार्यले कार्यक्रमको सुरुमा गाउँपालिकाको नेतृत्वको ५ वटा कमीकमजोरी लेख्न आग्रह गरेका थिए । पहिचान नखुल्ने गरी ५ वटा कमिकमजोरी औल्याउनका लागि अध्यक्षको अनुरोध अनुसार सहभागी सवैले आआफ्नो राय लिखित रुपमा दिएका थिए ।


कार्यक्रमको दोश्रो चरणमा निर्वाचित जनप्रतिनिधि , कार्यलयका कर्मचारी र पत्रकारहरुको छुट्टाछुट्टै समुह निर्माण गरी थाक्रे गाउँपालिका कस्तो हुनुपर्छ भनेर सुझाव सहितको प्रस्तुती दिन लगाएका थिए । सुझाव र प्रस्तुती सुनिसकेपछि उनले भने तपाइहरुले दिनुभएको सुझाव र सल्लाह मेरो मार्गदर्शक हो, यसलाइ म शिरोधार्य गर्दैै कार्यन्वयन गर्ने छु । आजको मितिसम्म औपचारीक रुपमा जन्मदिन नमनाएको भन्दै अध्यक्ष आचार्यले आजको दिनमा प्राप्त भएका सल्लाह र सुझाव बाकी जिवनको लागि समेत प्रेरणा हुने वताएका थिए ।


जन्मदिनको वारेमा जानकारी नदिइकन सहभागीहरुलाइ वोलाइएको त्यस कार्यक्रममा , कार्यक्रमको अन्त्यमा मात्रै जन्मदिनको रुपमा त्यस कार्यक्रम आयोजना गरेको जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *