चिनियाँ राष्ट्रपति सीको भ्रमणबारे प्रधानमन्त्री ओलीद्वारा पूर्व प्रधानमन्त्रीसहित परराष्ट्रविदहरुसँग छलफल

२३, असोज २०७६ । चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न राजकीय भ्रमणको सन्दर्भमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, शेरबहादुर देउवा, माधवकुमार नेपाल, झलनाथ खनाल, डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहन्छ ।
