ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

Share it with you friends

राजविराज, १ असार ।  सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले वताउनुभयो ।

दुई दिन अगाडि रामदयाल साहले आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डललाई कुटपिट गरी हत्या गरेको प्रहरीको भनाइ छ । हनुमाननगर नगरपालिकास्थित गिदखोरा निवासी मण्डलको शव ससुराली घरभन्दा करीब एक किलोमिटर टाढा फेला परेको थियो ।

पत्नी अञ्जना साहले छोरीको जन्मदिनको बहानामा बोलाएर मण्डलको हत्या गरेको उनीहरुको आरोप छ । दुई वर्षअघि प्रेम विवाह गरेकी २२ वर्षीया अञ्जना मण्डल दीपेन्द्रकी कान्छी श्रीमती हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *