ज्वालामुखी बिस्फोट हुँदा सातजनाको ज्यान गयो, १० लाख मानिस प्रभावित

Share it with you friends

एजेन्सी । ग्वाटेमालामा ज्वालामुखी बिस्फोट हुँदा सातजनाको ज्यान गएको छ । फुएगो ज्वालामुखी बिस्फोट हुँदा झण्डै ३ सय जना घाइते भएको सरकारी अधिकारीलाई उदृत गर्दै विविसीले जनाएको छ ।

ज्वालामुखी बिस्फोट हुन थालेपछि वरपरका ठाउँबाट मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । राजधानी ग्वाटेमाला सिटीबाट झण्डै ४० किलोमिटर दक्षिण–पश्चिममा रहेको फुएगो ज्वालामुखीबाट कालो धुवाँ र खरानी उडेको छ ।

यस्तै राजधानीमा रहेको ला अउरोरा विमानस्थल बन्द भएको छ । राष्ट्रपति जेमी मोलालेसले राष्ट्रिय आपलकालीन उद्धार तथा राहतको काम भइरहेको बताउनु भएको छ । ज्वालामुखी बिस्फोटका कारण झण्डै १० लाख मानिस प्रभावित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *