ट्रकको ठक्करबाट चार जनाको मृत्यु
काठमाडौं, १ असार । चितवनमा ट्रकको ठक्करबाट चार जनाको मृत्यु भएको छ । पोखराबाट काठमाडौंका लागि छुटेको जाँदै गरेको माइक्रोबसलाई काठमाडौंबाट छुटेकोे ट्रकले ठक्कर दिँदा चार जनाको मृत्यु भएको हो ।
दुर्घटनामा चार जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरुको उपचार भइरहेको छ । ना ६ ख ४०६४ नम्बरको ट्रकले ग १ ख ७६९२ नम्बरको माइक्रोबसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
