चितवन, २६ असोज । धादिङबाट मुग्लिङतर्फ जाँदै गरेको मिनिट्रक त्रिशुली नदिमा खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३, मौवाखोलानजिक तरकारी बोकेको मिनिट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको हो । गए राति धादिङबाट मुग्लिङतर्फ जाँदै गरेको प्र ३–०१–००६ ख १३८२ नम्बरको मिनि ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परि ट्रक चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने २६ वर्षीय दिपेश तामाङ घाइते भएका छन् । घाइते तामाङको चितवन स्थित भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो । ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने २० वर्षीय आकाश चेपाङलाई सामान्य चोट लागेको उनले बताए । चेपाङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनिट्रक घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ । रासस

त्रिशुलीमा ट्रक खस्यो
Related Posts
-
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित
नेपाली कांग्रेसको महामन्त्री खुलातर्फ प्रदीप पौडेल सानदार मतका साथ विजयी भएका छन् । आइतबार अबेर…
-
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले बूढीगण्डकीमा आइतबार आएको बाढीको कारण हिमपहिरो भएको बताएको छ…
-
आरुघाटमा गोरखा-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी
बूढीगण्डकी नदीमा आएको लेदोसहितको बाढीले आरुघाट–धादिङ जोड्न मोटरेबल पुल बगाएपछि बेलिब्रिज राख्ने तयारी गरिएको छ…
-
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
नेपाल मौसम विज्ञान विभागले विपद प्रभावित रसुवा, नुवाकोट, धादिङ र गोरखामा समेत भारी वर्षाको सम्भावना…





Leave a Reply