थाक्रे गाउँपालिकाद्धारा प्रभु बैंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात

Share it with you friends

थाक्रे , असाेज २५ । थाक्रे गाउँपालिकाले नागरीकहरुलाइ बैक मार्फत सामाजीक सुरक्षा भत्ता वितरण कार्यको सुरुवात गरेको छ ।
जेष्ठ नागरिक, एकल महिला, पूर्ण तथा आंसीक अपांगहरुलाइ वितरण गरिने सामाजीक सूरक्षा भत्ता व्यवस्थीत एवं पारदर्शि ठंगले वितरण गर्ने उदेश्य अनुरुप बैक मार्फत वितरण गर्न लागीएको हो ।


थाक्रे गाउँपालीका वडा नं ६ को वडा कार्यलयमा आज एक कार्यक्रमका विच थाक्र्रे गाउँपालीकका अध्यक्ष रामकुमार आचार्यले सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात गर्नुभयो । कार्यक्रममा थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यप्रसाद उपाध्याय, वडा नं ६ का अध्यक्ष पूर्ण वहादुर थापाको समेत उपस्थिती रहेको थियो ।


कार्यक्रममा गाउँपालीकाका अध्यक्ष आचार्यले सामाजीक भत्ता वितरणमा देखीएका समस्या समाधानका लागी बैंक मार्फत भत्ता वितरण कार्य सुरुआत गरिएकोले सरोकार राख्ने सबै पक्ष संग सहयोगको लागी आग्रह गर्नुभयो । सामाजिक भत्ता वितरण सहज होस र घरआगँनमा सेवाग्राहीले सेवा पाउन भन्ने उदेश्यले वैकँ मार्फत सामाजिक भत्ता वितरण सुरुवात गरिएको आचार्यको भनाइ छ ।


कार्यक्रममा वोल्दै थाक्रे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शुर्यप्रसाद उपाध्यायले वितरया गरिएको भत्ता सहि रुपमा सदुपयोग गर्न अनुरोध गर्नुभयो । प्रभु वैङ्क महादेववेशी शाखाका म्यानेजर सुविर घलेले गाृँउपालिकासगँ सहकार्य गर्नु पाउनु महत्वपूर्ण रहेको भन्दै आफुहरुले सहजताका साथ सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जानकारी गराउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *