थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

Share it with you friends

धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम सार्वजनिक गरेको छ।

गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका उपाध्यक्ष यन्त्रबहादुर थापा (जिन्दगी) ले आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटअनुसार संघीय सरकारबाट वित्तीय समानीकरण अनुदानबापत १५ करोड ३ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँडबाट ९ करोड २४ लाख रुपैयाँ, विशेष अनुदानबाट ४५ लाख रुपैयाँ, समपूरक अनुदानबाट २६ लाख रुपैयाँ तथा सशर्त अनुदानबाट २३ करोड ९० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसरी संघीय सरकारबाट कुल ४८ करोड ८८ लाख ४७ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, बागमती प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड ४५ लाख २३ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँडबाट ३ करोड ५७ लाख २२ हजार ९५० रुपैयाँ, विशेष अनुदानबाट ७० लाख रुपैयाँ, समपूरक अनुदानबाट १ करोड ६० लाख रुपैयाँ तथा सशर्त अनुदानबाट १ करोड ५७ लाख ९८ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट कुल ८ करोड ९० लाख ५३ हजार ९५० रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

गाउँपालिकाले आन्तरिक आयतर्फ २६ करोड २९ लाख २८ हजार ५० रुपैयाँ संकलन हुने अनुमान गरेको छ। कुल बजेटमध्ये चालुतर्फ ४० करोड ८० लाख ५४ हजार ३१४ रुपैयाँ (४८.५३ प्रतिशत) तथा पुँजीगततर्फ ४३ करोड २७ लाख ७४ हजार ६८६ रुपैयाँ (५१.४७ प्रतिशत) विनियोजन गरिएको छ।

क्षेत्रगत रूपमा बजेट विनियोजन गर्दा आर्थिक विकासतर्फ ७ करोड ७० लाख रुपैयाँ, सामाजिक विकासतर्फ ३४ करोड ५६ लाख ८० हजार रुपैयाँ, पूर्वाधार विकासतर्फ २५ करोड ३ लाख ४५ हजार रुपैयाँ, कार्यालय सञ्चालन तथा प्रशासनतर्फ १४ करोड ४७ लाख ६८ हजार रुपैयाँ तथा सुशासन एवं अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ९९ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ।

गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। प्रस्तुत नीति तथा कार्यक्रमले राष्ट्रिय आकांक्षालाई स्थानीय तहबाट कार्यान्वयन गर्ने उद्देश्य राखेको गाउँपालिकाले जनाएको छ।

आगामी वर्ष उत्पादनमुखी अर्थतन्त्र निर्माण, गरिबी न्यूनीकरण, सामाजिक न्याय, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा डिजिटल सेवा प्रवाहलाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको छ।

कृषि क्षेत्रतर्फ उत्पादन वृद्धि, साना सिँचाइ आयोजना सञ्चालन, कृषि बीमा, कृषि आधुनिकीकरण तथा युवा कृषि स्टार्टअप कार्यक्रमलाई प्राथमिकता दिइएको छ। स्थानीय उत्पादनको बजारीकरण, कृषकको आय वृद्धि तथा कृषि क्षेत्रलाई रोजगारीको आधार बनाउने नीति लिइएको छ।

स्वास्थ्य क्षेत्रतर्फ सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार, आधारभूत स्वास्थ्य संस्थाको सुदृढीकरण, मातृ तथा शिशु स्वास्थ्य सुधार तथा स्वास्थ्य सेवामा नागरिकको पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ। 

पूर्वाधार विकासअन्तर्गत सडक, खानेपानी, सिँचाइ, सार्वजनिक भवन तथा अन्य आधारभूत संरचनाको निर्माण र स्तरोन्नतिलाई निरन्तरता दिइने भएको छ। साथै वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण, विपद् जोखिम व्यवस्थापन तथा प्राकृतिक स्रोतको दिगो उपयोगलाई समेत प्राथमिकतामा राखिएको छ।

अधिवेशनमा प्रस्तुत नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित भएको छ।

  • Related Posts

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा नगर उपप्रमुख सुरज उप्रेतीद्धारा प्रस्तुत…

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    पतञ्जली योग समिति धादिङको आयोजनामा धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न भएको छ । जेठ ३० र ३१ गते सञ्चालन गरिएको शिविर न्यू किबो बोर्डिङ स्कूलको प्राङ्गणमा सम्पन्न भएको हो…

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    You Missed

    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:५३
    • 2 views
    धुनिवेशी नगरपालिकाले ल्यायो १ अर्ब ३ करोड ९५ लाख ७० हजार ८ सय रुपैयाँको बजेट

    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    • By Upendra Adhikari
    • १२ असार २०८३, शुक्रबार १०:४२
    • 3 views
    थाक्रे गाउँपालिका द्वारा ८४ करोड ८ लाख रुपैयाँको बजेट सार्वजनिक

    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १२:३२
    • 15 views
    असारका लागि बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, अधिकांश स्थिर

    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३७
    • 14 views
    धादिङबेसीमा दुई दिने योग शिविर सम्पन्न

    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    • By Upendra Adhikari
    • १ असार २०८३, सोमबार १०:३२
    • 15 views
    गल्छी २ मा बाल सञ्जालको बैठक तथा फूल रोपण कार्यक्रम सम्पन्न

    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध

    • By Upendra Adhikari
    • २६ जेष्ठ २०८३, मंगलवार १०:४३
    • 22 views
    गल्छी गाउँपालिकाद्वारा असार १५ भित्र भुक्तानी लिन अनुरोध