थाक्रे गाउ पालिकाको ३४ हजार पशु बस्तुलाई पि.पि.आर विरुद्धको खोप

Share it with you friends

राजाराम डंगोल , धार्के , धादिङ, जेठ १६ । थाक्रे गाँउापलिका ले सञ्चालन गरेको पशु बस्तुको लागि पि.पि.आर. रोग विरुद्धको खोप अभियान सम्पन्न भएको छ ।
थाक्रे गाउपालिका को आयोजना र आधारशिला महिला उद्यमी सहकारी संस्थाको स्थानिय ब्यवस्थापनमा खोप अभियान सम्पन्न भएको हो ।


पशु बस्तुको लागि सञ्चालन गरिएको खोप अभियानमा पशु स्वास्थ्य निर्देशनालय र थाक्रे भित्र सञ्चालनमा रहेका भेटेनरी हरुले औषधी लगायतका प्राविधिक सहयोग गरेका थिए ।

अभियानमा थाक्रेका ११ ओटै वडाका ३ महिना भन्दा माथिका ३४हजार १ सय बाख्रा,खसी र बोका हरुलाई पि.पि.आर विरुद्धको खोप लगाई नाम्ले जुकाको औषधी निशुल्क वितरण गरिएको थाक्रे गाउपालिकाको उपाध्यक्ष अम्बिका रुपाखेतीले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *