देशैभर धान रोपाइँ ९५ प्रतिशतले सम्पन्न, प्रदेश ३ मा ९७.१७ प्रतिशत धान रोपाई

Share it with you friends

१५ भदौ २०७६, आईतबार,
धादिङ–

मुलुकभर यो वर्षको वर्षे धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार यो वर्ष धान खेतियोग्य जमिनमध्ये ९४.८३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । यो तथ्यांक गत वर्षभन्दा ७० हजार ८७६ हेक्टर अर्थात् ०.५६ प्रतिशत कम रोपाइ भएको छ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. युवकध्वज जीसीका अनुसार भदौ १० गतेसम्म १३ लाख ८३० हेक्टरमा क्षेत्रफलमा यो वर्षको वर्षेधान रोपाइँ गरिएको छ । सचिव जीसीले कृषियोग्य क्षेत्रफल नबढे पनि उत्पादकत्व बढाएर उत्पादन वृद्धि गर्न मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

यो वर्ष दश दिन ढिला मन्सुन सुरु भए पनि पछिल्ले मनसुन धानबाली अनुकुल भएका कारण रोपाइँको प्रतिशत बढेको मन्त्रालयले जनाएको छ । अन्न भण्डार मानिने तराइ क्षेत्रमा गत वर्षको तुलनामा ०.४५ प्रतिशत कम भएको छ भने मध्य पहाड र उच्च पहाडमा गत वर्ष भन्दा थोरै बढेको छ । तराइमा धान खेतियोग्य जमिनमध्ये ९५.३३ प्रतिशत रोपाइँ भएको छ भने मध्य पहाडमा ९३.०१ र उच्च पहाडमा ९७.९३ प्रतिशत रोपाइँ भएको छ । गत वर्ष तराइमा ९५.७८, मध्य पहाडमा ९५.१६ र उच्च पहाडमा ९६.४४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

प्रदेश अनुसार सबैभन्दा बढी सुदुरपश्चिममा सत प्रतिशत रोपाइँ भएको छ भने प्रदेश ३ मा ९७.१७ प्रतिशत रोपाइँ सकिएको सम्पन्न भएको छ । त्यसैगरि कर्णाली प्रदेशमा ९६.१६, प्रदेश ५ मा ९४.८१, प्रदेश १ मा ९३.८८, प्रदेश २ मा ९३.३१ र गण्डकी प्रदेशमा ९२.८१ प्रतिशत रोपाइँ सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *