धादिङको थाक्रेमा सामुदायिक भबनकाे शिलन्यास
धादिङ जिल्लाकाे थाक्रे गाँउपालिका वडा नम्वर १० मा सामुदायिक भबनकाे शिलन्यास गरिएकाे छ ।
निर्बाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत १६ लाख ६० हजार रूपैया र थाक्रे गाँउपालिकाकाे ५ लाख गरी कुल २१ लाख ६० हजारकाे लागतकाे निर्माण गर्न लागिएकाे सामुदायिक भबनकाे शिलन्यास आज थाक्रे गाँउपालिकाका अध्यक्ष रामकुमार आचार्यले गर्नु भएकाे हाे ।
भबनकाे शिल्यान्यास कार्यक्रममा गाँउपालिका उपाध्यक्ष अम्बिका रूपाखेती लगायतकाे उपस्थिति रहेकाे थियाे ।
भबन ३ महिना भित्र निर्माण गरिसक्ने लक्ष्य रहेकाे भबन निर्माण समितिका अध्यक्ष मिनप्रसाद पाैडेलले जानकारी दिनुभयाे । ्
