धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न।

Share it with you friends

 


राजाराम डंगोल, थाक्रे  १९ साउन २०७६, धादिङको थाक्रे गाउँ पालिका वडा नम्बर ९ पन्डितपौवामा पशु उत्पादन तथा ब्याबस्थापन तालिम सम्पन्न भएको छ । उन्नत जातका पशु बस्तुको उत्पादन, व्यबस्थापन र ती पशु बस्तुहरुलाई आवश्यक पर्ने घाँस व्यबस्थापन घाँस उत्पादनको समय र तरिका लगायतका बारेमा तालिममा छलफल भएको छ । सेकार्ड नेपाल को आयोजनामा सन्चालन भएको तालिम १८ गते देखि १९ गते सम्म २ दिन सन्चालन भएको थियो । सो तालिममा सेकार्ड नेपाल मा आबद्ध कृषक हरुको उपस्थित रहेको थियो।

३१ जना भन्दा बडि उपस्थिति रहेको तालिममा थाक्रे गाउँपालिकाका नायव पशु स्वास्थ प्राबिधिक सुरज कोइरालाले प्रशिक्षण दिनुभएको थियो भने सेकार्ड नेपाल का सामाजिक परिचालिका रिता धितालले सहजीकरण गर्नुभएको थियो। यसरी बिगतका दिनहरुमा पनि यस्ता प्राङ्गारिक खेती अर्थात अर्गा्निक तरिकाले तरकारीहरु उत्पादन गर्न को लागि कृषकहरुलाई सघाउँदै आइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *