धादिङको थाक्रे गाँउपालिका ११ मा १० जनाकै पिसिआर रिपोर्ट नेगेटिभ
१६ असार, २०७७ । धादिङ जिल्लाको थाक्रे गाँउपालिका वडा नम्बर ११ मान्खुमा एक महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उहाँको परिवार तथा सम्पर्कमा आएका १० जना ब्यक्तिहरुको स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलन गरिएको १० जनाकै रिपोर्ट नेगेटिभ आएको थाक्रे गाँऊपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले जानकारी दिनुभयो ।
परीक्षण पछी सबैको रिपोर्ट नेगेटिभ आएसँगै होमक्वारेन्टिनमा बस्नेहरु खुसि भएका छन् ।
गाउँपालिकाले कोरोना महामारीको सावधानीका उपायहरु अपनाउन गाउँपालिकाबासी हरुलाई अनुरोध गरेको छ ।
