धादिङमा आज संक्रमण पुष्टि भएका सवै नीलकण्ठ नगरपालिकाका
धादिङमा आज कोरोना संक्रमण पुष्टि भएका १६ जना व्यक्तिहरु सबै नीलकण्ठ नगरपालिकाका बिभिन्न वडा का रहेका छन्र ।
संक्रमण पुष्टि भएकाहरूमा नीलकण्ठ-१ का १७ बर्षका पुरुष, नीलकण्ठ-२ का २२ बर्षका पुरुष, नीलकण्ठ- ३ का ४० बर्षका पुरुष रहेका छन् ।
त्यसैगरी अन्य संक्रमितहरूमा नीलकण्ठ-५ का ३० र ३५ बर्षका पुरुष, नीलकण्ठ-११ का ४२ र ५५ बर्षका पुरुष हुनुहुन्छ ।
साथै नीलकण्ठ-१४ का १४,२३,३५,४५,५० बर्षका पुरुषहरु तथा २१,२७,३६ बर्षका महिला र २० महिनाको बालिकामा समेत काेराेना संक्रमण भएकाे छ ।
