Breaking Newsराष्ट्रिय समाचारस्थानीय

धादिङमा एकै दिन १६ जनामा कोरोना संक्रमण पुष्टि

Share it with you friends

धादिङमा एकै दिन १६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

भारतबाट उद्धार गरि आएकाहरुमा संक्रमण भेटिएको हो ।

नीलकण्ठ नगरपालिकाको व्यवस्थापन गरेको नीलकण्ठ माविको क्वारेन्टिनमा बस्दै आएकाहरुको आरडिटीमा पोेजेटिभ देखिएपछि स्वाव संकलन गरि जेठ २४ गते किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको थियो ।

सोमबार रिपोट पोजेटिभ आएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले जानकारी दिए ।

याे सगैं  धादिङमा कोरोना संक्रमितको संख्या २२ जना पुगेको छ । जिल्लामा यसअघि कोरोना संक्रमित नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का पुरुष, गल्छी गाउँपालिका वडा नं ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् ।

धुनीबेसी नगरपालिका वडा नं ३ की २३ वर्षीय महिला, सिद्धलेक गाउँपालिका वडा नं ५ की २३ वर्षीय महिला र नीलकण्ठ नगरपालिका वडा नं ७ का ३३ वर्षीय पुरुष उपचाररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *